क्रेटा र सेल्टोसको प्रतिस्पर्धी होन्डा एलीभेट, यस्तो छ मूल्य, फिचर र पर्फमेन्स

काठमाडौं– कम्प्याक्ट एसयूभी सेग्मेन्टमा राम्रो बजार लिन सफल हुन्डाई क्रेटा र किया सेल्टोसलाई टक्कर दिन होन्डाले नयाँ एसयूभी एलीभेट ल्याएको छ । होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले यो नयाँ एसयूभीलाई ४ भेरिएन्टमा नेपाल ल्याएको हो । जसको शुरुवाती मूल्य ५६ लाख ३५ हजारदेखी ७९ लाख ४४ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

एलीभेट म्यानुअल र सीभिटी दुवै ट्रान्समिसनमा नेपाल आएको हो । यसको एसभी, भी, भीएक्स, र जेडएक्स तीनवटै भेरिएन्टमा म्यानुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प दिइएको छ । म्यानुअलमा यसको एसभी भेरिएन्टलाई ५६ लाख ३५ हजार, भीलाई ६० लाख ३५ हजार, भीएक्सको ६६ लाख ९५ हजार र जेडएक्सको ७३ लाख ४४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, सिभिटीमा भीको ६५ लाख ७० हजार, भीएक्सको ७१ लाख ९५ हजार र जेडएक्सको ७८ लाख ७० हजार तोकिएको छ । जेडएक्स सीभिटीलाई डुअल टोन विकल्पमा समेत उपलब्ध गराइएको छ । जसको मूल्य ७९ लाख ४४ हजार निर्धारण गरिएको छ ।

हुन्डाई क्रेटा र किया सेल्टोस जस्ता एसयूभीको प्रतिस्पर्धी वनेर आएको एलीभेटमा होन्डाले १.५ लिटर क्षमताको नेचुरल्ली एस्पीरेटेड ईन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १२१ हर्स पावर र १४५ एनएम टर्क जेनेरेट गर्छ ।

एलीभेटको एक्सटेरियरमा एलइडी डीआरएल सहितको फुल एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी टर्न इन्डिकेटर तथा रियर एलइडी लाइट पाउन सकिन्छ । होन्डाले एलिभेटमा सिङ्गल प्यानल सनरुफ दिएको छ ।

यसैगरी इन्टेरियमा फराकिलो स्पेस, ठूलो साइजको हेड र लेग रुम, ७ इन्चको मल्टी इन्फर्मेसन डिस्प्ले र १०.२५ इन्चको हाइ डेफिनेसन फ्लोटिङ इन्फोटेन्मेन्ट डिस्प्ले पाउन सकिन्छ । आधुनिक स्टाइल र उत्कृष्ट पर्फमेन्स भएको यस एसयूभीले ग्राहकहरुलाई उच्चस्तरीय ड्राईभिङ्ग अनुभव दिने होन्डाले जनाएको छ ।

सुरक्षाका लागी यसमा होन्डा सेन्सिङ एडिएएस फिचर रहेको छ । साथै यसमा रियर पार्किङ सेन्सर, मल्टी एङ्गल रियर भ्यू क्यामेरा, हिल स्टार्ट एसिस्ट, लेनवाच क्यामेरा, आइएसओ फिक्स र ६ वटा एयरब्याग दिइएको छ ।

सम्बन्धित समाचारहरू

शुरुमा १ रुपैयाँ मात्र बुझाएर यसरी किन्न सकिन्छ होन्डाको लोकप्रिय स्कुटर डियो डिलक्स

शुरुमा १ रुपैयाँ मात्र बुझाएर यसरी किन्न सकिन्छ होन्डाको लोकप्रिय स्कुटर डियो डिलक्स

काठमाडौं – लकडाउन पश्चात उपलब्ध गराएको नयाँ खाले स्किम ‘१ रुपैयाँमा...

नयाँ लुक र प्रविधिसहित होन्डाको नयाँ डियो १२५

नयाँ लुक र प्रविधिसहित होन्डाको नयाँ डियो १२५

होन्डाले नयाँ डियो १२५ स्कुटर भारतीय बजारमा लन्च गरेको छ। सो स्कुटर आकर्षक...

नेपालमा लन्च गरियो होन्डाको नयाँ एमेज २०२१, यस्तो छ विशेषता

नेपालमा लन्च गरियो होन्डाको नयाँ एमेज २०२१, यस्तो छ विशेषता

काठमाडौं – नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...