सुमो रेस्लरलाई घुमाउन टोयोटाले ल्यायो कन्भर्टिबल एसयूभी

टोयोटाले सेन्चुरी एसयूभी कन्भर्टिबल सार्वजनिक गरेको छ । गत शनिबार टोक्योमा आयोजना गरिएको यो वर्षको फर्स्ट ग्रान्ड सुमो टुर्नामेन्ट उद्घाटनको समयमा सो कन्भर्टिबल पनि सार्वजनिक गरिएको हो ।

१५ दिन सम्म चल्ने सुमो टुर्नामेन्ट विजेतालाई यही एसयूभीमा घुमाउनका लागि परेड कारको रुपमा प्रयोग गरिने छ ।

गत वर्ष रोल्स रोस कुल्लिनानको प्रतिस्पर्र्धी मानिने सेन्चुरी एसयूभीको लन्चिङ समयमा टोयोटाले यस प्रकारको एसयूभी टिजर सार्वजनिक गरेको थियो । त्यसैको प्रोडक्सन भर्सन अहिले सार्वजनिक गरिएको हो ।

चार ढोके सो एसयूभी अवकाश प्राप्त ग्रान्ड सुमो च्याम्पियन हाकुहोको अनुरोधमा डिजाइन गरिएको हो । हाकुहोले आफ्नो २० वर्षे करियरमा ४५ टुर्नामेन्ट जितेको रेकर्ड छ ।

टोयोटा चेयरम्यान अकियो टोयोडा कन्भर्टिबल लन्च समारोहमा हाकुहोसँगै उभिएका थिए र च्याम्पियनहरुलाई परेडमा इन्जोय दिनका लागि यस प्रकारको कन्भर्टिबल बनाएको बताए । यद्यपि सो गाडी लक्जरियस समेत भएको उनको भनाइ थियो ।

सम्बन्धित समाचारहरू

टोयोटा हायसको ईभी कन्सेप्ट सार्वजनिक, कार्गो र प्यासेन्जर दुवै भेरिएन्टमा आउने

टोयोटा हायसको ईभी कन्सेप्ट सार्वजनिक, कार्गो र प्यासेन्जर दुवै भेरिएन्टमा आउने

नेपाली सडकमा निकै राम्रो संख्यामा गुड्दै आएको टोयोटा हायस अव ईभी अवतारमा...

फिंगर प्रिन्टबाटै स्टार्ट गर्न सकिने टोयोटा ल्यान्डक्रुजर एलसी ३०० सार्वजनिक, नेपालमा ५ करोड बढी मूल्य पर्ने

फिंगर प्रिन्टबाटै स्टार्ट गर्न सकिने टोयोटा ल्यान्डक्रुजर एलसी ३०० सार्वजनिक, नेपालमा ५ करोड बढी मूल्य पर्ने

टोयोटाको लोकप्रिय एसयूभी ल्यान्डक्रुजर एलसी ३०० को नयाँ जेनेरेसन ग्लोबल...

यस्तो छ टोयोटाको नयाँ इन्जिन सहितको इनोभा क्रिस्टा

यस्तो छ टोयोटाको नयाँ इन्जिन सहितको इनोभा क्रिस्टा

टोयोटाले आफ्नो बहुप्रतिक्षित कार इनोभा क्रिस्टा २.४ लिटर ४ सिलिन्डर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...