सुमो रेस्लरलाई घुमाउन टोयोटाले ल्यायो कन्भर्टिबल एसयूभी

टोयोटाले सेन्चुरी एसयूभी कन्भर्टिबल सार्वजनिक गरेको छ । गत शनिबार टोक्योमा आयोजना गरिएको यो वर्षको फर्स्ट ग्रान्ड सुमो टुर्नामेन्ट उद्घाटनको समयमा सो कन्भर्टिबल पनि सार्वजनिक गरिएको हो ।

१५ दिन सम्म चल्ने सुमो टुर्नामेन्ट विजेतालाई यही एसयूभीमा घुमाउनका लागि परेड कारको रुपमा प्रयोग गरिने छ ।

गत वर्ष रोल्स रोस कुल्लिनानको प्रतिस्पर्र्धी मानिने सेन्चुरी एसयूभीको लन्चिङ समयमा टोयोटाले यस प्रकारको एसयूभी टिजर सार्वजनिक गरेको थियो । त्यसैको प्रोडक्सन भर्सन अहिले सार्वजनिक गरिएको हो ।

चार ढोके सो एसयूभी अवकाश प्राप्त ग्रान्ड सुमो च्याम्पियन हाकुहोको अनुरोधमा डिजाइन गरिएको हो । हाकुहोले आफ्नो २० वर्षे करियरमा ४५ टुर्नामेन्ट जितेको रेकर्ड छ ।

टोयोटा चेयरम्यान अकियो टोयोडा कन्भर्टिबल लन्च समारोहमा हाकुहोसँगै उभिएका थिए र च्याम्पियनहरुलाई परेडमा इन्जोय दिनका लागि यस प्रकारको कन्भर्टिबल बनाएको बताए । यद्यपि सो गाडी लक्जरियस समेत भएको उनको भनाइ थियो ।

सम्बन्धित समाचारहरू

प्रोफेसनल टिमबाट सुरक्षित र भरपर्दो सेवा प्रदान गर्दै टोइङ नेपाल

प्रोफेसनल टिमबाट सुरक्षित र भरपर्दो सेवा प्रदान गर्दै टोइङ नेपाल

यात्राको दौरान बिच बाटोमा गाडी बिग्रियो अर्थात ब्रेक डाउनको समस्या आयो...

पहिलो हाइड्रोजन कार टोयोटा मिराई सार्वजनिक

पहिलो हाइड्रोजन कार टोयोटा मिराई सार्वजनिक

टोयोटा किर्लोस्करले भारतमा पहिलो हाइड्रोजन इलेक्ट्रिक कार मिराई...

४ महिनादेखि प्रतिबन्धको मारमा अटो बजार, गाडी किन्ने र वेच्ने दुवैमा छैन उत्साह

४ महिनादेखि प्रतिबन्धको मारमा अटो बजार, गाडी किन्ने र वेच्ने दुवैमा छैन उत्साह

कम्वसन इन्जिनयुक्त प्यासेन्जर कार र १५० सीसी माथिका मोटरसाइकलमा लगाइएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...