यी संकेतले भन्छ, अव तपाईको कार बेच्ने समय भयो

लामो समयसम्म कारको उपभोग गर्दा यसको मर्मत सम्भारमा ठूलो रकम खर्च भइसकेको हुन्छ । लामो समयसम्म कारलाई साथमा राख्नाले मूल्यमा ह्रास मात्र होइन, त्यसमा रहेका खराबीले यसको मूल्य पनि घटाउँछ । यस्तो अवस्थामा कारमा केही संकेतले कार अब बिक्री गर्ने बेला भयो भन्ने जानकारी दिएको हुन्छ ।

कारबाट निस्कने सेतो वा कालो धुवाँ
कार बिहान वा लामो समय पछि स्टार्ट गरेपछि सेतो वा कालो धुवाँ निस्कने वा कारलाई रेस दिएर पनि यस्तो भयो भने कार खराब भयो भन्ने बुझ्नुपर्छ । यसको मतलब कारको पिस्टन रिङ्ग खराब भयो भन्ने बुझ्नुपर्छ । यस्तो अवस्थामा कार तुरुन्तै बेच्नुपर्छ ।

मोडल वा कम्पनी बन्द
कुनै पनि मोडलको कार कम्पनी बन्द भएमा वा मोडल नै बन्द भएको छ भने त्यो कार बेच्दा फाइदा हुन्छ । किनभने कार जति पुरानो हुन्छ, त्यति नै यसको मूल्य घट्दै जान्छ । त्यसैगरी यसका लागि आवश्यक सर्भिसिङ र पार्ट्स नपाउने सम्भावना पनि हुन्छ ।

स्पेयर पार्ट्स पाउन गाह्रो भएमा
कारको स्पेयर पार्ट्स पाउन गाह्रो छ र यसको लागि धेरै दिन कुर्नुपर्छ भने, यसको सीधा मतलब यो हो कि कम्पनीले त्यो कारको मोडलमा ध्यान दिन छोडेको छ । यसले भविष्यमा कारको स्पेयर पार्ट्स पाउन धेरै कठिनाइको सामना गर्नुपर्ने हुन सक्छ ।

स्टार्ट गर्न लामो समयसम्म सेल्फ दिनुपरेमा
बिहान कार स्टार्ट गर्दा लामो सेल्फ दिनु परेको छ भने बिस्तारै इन्जेक्टरदेखि स्पार्क प्लग र इन्जिन चल्ने समस्या आउन थाल्छ । यस अवस्थामा, यसले ठूलो मर्मत गर्नुपर्छ भन्ने संकेत दिन्छ ।

पिकअप कम वा टर्बो लिक भएमा
कारको पिकअप कम भएमा, टर्बोबाट उर्जा चुहिएमा र कारलाई रेस दिदा झट्का लाग्छ भने यसले हजारौं रुपैयाँ खर्च हुन्छ भन्ने बुझ्नुपर्छ । यसपछि पनि टर्बोलाई राम्रोसँग सेट नगर्दा धेरै पटक यस्तो समस्या दोहोरिने गर्छ । तसर्थ, यस्तो अवस्थामा कार बेच्नु सही हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...