इलेक्ट्रिक कारमा अटो लोन दिन बैंकबीच प्रतिस्पर्धा, २० प्रतिशतमै यसरी लिन सकिन्छ कार

राज्यको समेत प्राथमिकतामा परेका कारण इलेक्ट्रिक कार खरिद गर्न ग्राहकलाई अहिले निकै सहज अवस्था छ । कम्वस्चन इन्जिन जडित गाडीमा बैंक तथा वित्तीय संस्थाहरुले अटोलोनलाई ठप्प जस्तै पारेको सन्दर्भमा इलेक्ट्रिक कारमा भने सहजै लोनको सुविधा पाउन सकिन्छ । त्यो पनि ८० प्रतिशतसम्म ।

कारको मूल्यको जम्मा २० प्रतिशतमात्र भुक्तानी गरेर सरल फाइनान्स सुविधामा खरिद गर्न पाउने भएपछि अहिले ग्राहकहरु इलेक्ट्रिक कारमा झुम्मिन थालेको सहजै अनुमान गर्न सकिन्छ । लोनको सुविधा वाहेक संचालन खर्च कम पर्ने र वतावरणमैत्री समेत हुने विशेषताका कारण इलेक्ट्रिक कार ग्राहकको पहिलो रोजाइमा पर्न थालेको हो ।

नेपाली बजारमा अहिले १ दर्जन बढी ब्रान्डका इलेक्ट्रिक कार बिक्री हुँदै आइरहेका छन् । जसमध्ये केही ब्रान्डले मात्र बजारमा राम्रो उपस्थिति जनाउन सकेका छन् । १०० किलोवाट क्षमतासम्मको मोटर जडित इलेक्ट्रिक कारमा सरकारले जम्मा १० प्रतिशतमात्र भन्सार दर निर्धारण गरेका कारण सोही क्षमता सम्मका कारको बजार हिस्सा निकै ठूलो छ भने त्यसभन्दा बढी मोटर क्षमताका कारले बजार पाउन निकै संघर्ष गरिरहनु परेको छ ।

बजारमा अहिले हुन्डाई, टाटा, बीवाईडी र नेटा लगायत अन्य केही ब्रान्डसँग १०० किलोवाट क्षमतासम्मका कार उपलब्ध छन् । जसमध्ये सवैभन्दा ठूलो बजार हिस्सा टाटाले ओगटेको छ । यो सेग्मेन्टमा टाटासँग नेक्सन र टिगोर ईभी उपलब्ध छ । नेपालको ईभी बजारमा ७० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगट्न सफल टाटाका यी ईभीलाई जम्मा २० प्रतिशत डाउनपेमेन्ट गरेर खरिद गर्न सकिन्छ ।

कुल ५ भेरिएन्टमा उपलब्ध नेक्सन ईभीको सवैभन्दा सस्तो एक्सएम भेरिएन्टलाई ३९ लाख र महंगो भेरिएन्ट डार्क एडिसन एक्सजेड प्लस लक्जरीलाई ४४ लाख पर्छ । यस हिसावले यो ईभीलाई जम्मा ७ लाख ८० हजारदेखि ८ लाख ८० हजार रुपैयाँसम्म भुक्तानी गरेर बाँकी रकमलाई किस्ताबन्दीमा भुक्तानी गर्न सकिन्छ । सरल फाइनान्सिङका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्रभु, एनएमबी, एभरेष्ट, नविल, कामना विकास र कुमारी बैंकसंग सम्झौता गरेको छ । जसअनुसार एभरेष्टबाट लोन लिँदा १२.८ प्रतिशत र नविलमा १२.९९ प्रतिशत ब्याज लाग्छ ।

टाटाकै अर्को इलेक्ट्रिक ह्याचव्याक टिगोरलाई भने ६ लाख रुपैयाँ डाउनपेमेन्ट गरेर खरिद गर्न सकिन्छ । तीन भेरिएन्टमा उपलब्ध टिगोरको मूल्य ३० लाख, ३१ लाख ४९ हजार र ३३ लाख तोकिएको छ । यी कारको डाउनपेमेन्ट रकम क्रमश ६ लाख, ६ लाख ३८ हजार र ६ लाख ६० हजार पर्छ ।

हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कोना र आयोनिक ५ मोडलका इलेक्ट्रिक कार बिक्री गर्दै आइरहेको छ । जसमध्ये कुल तीन भेरिएन्टमा उपलब्ध कोनाको मूल्य ६० लाख ९६ हजार, ६१ लाख ९६ हजार र ६४ लाख ५६ हजार निर्धारण गरिएको छ । २० प्रतिशत डाउनपेमेन्ट गरेर खरिद गर्दा यसमा क्रमशः १२ लाख २० हजार, १२ लाख ४० हजार र १२ लाख ९१ हजार भुक्तानी गर्नुपर्छ । त्यसैगरी १ करोड १६ लाख ९६ हजार पर्ने आयोनिक ५ मा ग्राहकले डाउनपेमेन्ट वापत २३ लाख ४० हजार भुक्तानी गरे पुग्छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नविल र ग्लोवल आइएमई लगायत बैंकसँग सम्झौता गरेर सरल फाइनान्सको सुविधा उपलब्ध गराउँदै आएको छ । जसमध्ये नविलबाट लोन लिँदा ग्राहकले १२.९९ प्रतिशत व्याज तिर्नुपर्ने हुन्छ ।

मोटर क्षमता कम भएर आएपछि चर्चा वटुल्न सफल बीवाईडी एट्टो ३ खरिद गर्न चाहने ग्राहकले शुरुमा १३ लाख रुपैयाँ डाउनपेमेन्ट वापत भुक्तानी गर्नुपर्ने हुन्छ । यो कारको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । डाउनपेमेन्ट गरेर बाँकी हुन आउने ८० प्रतिशत रकमलाई ७ वर्षभित्र किस्ताबन्दीमा भुक्तानी गर्न सकिन्छ । सहज फाइनान्सिङका लागि बीवाईडी विक्रेता साइमेक्स इंकले एभरेष्ट वैंंकसँग सम्झौता गरेको छ ।

सिजी मोटर्सले बिक्री गर्ने नेटा भीलाई डाउनपेमेन्ट वापत शुरुमा ७ लाख ६० हजार रुपैयाँ भुक्तानी गरे पुग्छ । यो कारको मूल्य ३८ लाख रुपैयाँ निर्धारण गरिएको छ । वाँकी रकमलाई ग्राहकले ७ वर्षभित्रमा भुक्तानी गर्नेगरी किस्ताबन्दीको सुविधा लिन सक्नेछन् ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक सवारी साधनको लागत कम गर्न महिन्द्रा र फक्सवागनको सम्झौता

इलेक्ट्रिक सवारी साधनको लागत कम गर्न महिन्द्रा र फक्सवागनको सम्झौता

महिन्द्रा एण्ड महिन्द्राले इलेक्ट्रिक कम्पोनेन्टका लागि ग्लोबल अटो...

उमेरको आधा जति, त्यति नै हजार छुट पाइदै छ इलेक्ट्रिक सवारीमा

उमेरको आधा जति, त्यति नै हजार छुट पाइदै छ इलेक्ट्रिक सवारीमा

काठमाडौं – कोमाकी ईभीको नेपालका लागि आधिकारिक वितरक युनिटी ट्रेडिङ...

सोनी होन्डा ज्वाइन्ट भेन्चरमा बन्ने ईभी सीईएसमा सार्वजनिक, लक्जरी ईभीको यस्तो हुनेछ मूल्य र फिचर

सोनी होन्डा ज्वाइन्ट भेन्चरमा बन्ने ईभी सीईएसमा सार्वजनिक, लक्जरी ईभीको यस्तो हुनेछ मूल्य र फिचर

स्मार्टफोन निर्माता सोनी र कार निर्माता कम्पनी होन्डाको ज्वाइन्ट भेन्चर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...