ईभीमा कर नबढाउन र तत्काल युरो–६ मा नजान नेपाल चेम्बर अफ कमर्सको सुझाव
काठमाडौँ–नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षमा विद्युतीय...
राज्यको समेत प्राथमिकतामा परेका कारण इलेक्ट्रिक कार खरिद गर्न ग्राहकलाई अहिले निकै सहज अवस्था छ । कम्वस्चन इन्जिन जडित गाडीमा बैंक तथा वित्तीय संस्थाहरुले अटोलोनलाई ठप्प जस्तै पारेको सन्दर्भमा इलेक्ट्रिक कारमा भने सहजै लोनको सुविधा पाउन सकिन्छ । त्यो पनि ८० प्रतिशतसम्म ।
कारको मूल्यको जम्मा २० प्रतिशतमात्र भुक्तानी गरेर सरल फाइनान्स सुविधामा खरिद गर्न पाउने भएपछि अहिले ग्राहकहरु इलेक्ट्रिक कारमा झुम्मिन थालेको सहजै अनुमान गर्न सकिन्छ । लोनको सुविधा वाहेक संचालन खर्च कम पर्ने र वतावरणमैत्री समेत हुने विशेषताका कारण इलेक्ट्रिक कार ग्राहकको पहिलो रोजाइमा पर्न थालेको हो ।
नेपाली बजारमा अहिले १ दर्जन बढी ब्रान्डका इलेक्ट्रिक कार बिक्री हुँदै आइरहेका छन् । जसमध्ये केही ब्रान्डले मात्र बजारमा राम्रो उपस्थिति जनाउन सकेका छन् । १०० किलोवाट क्षमतासम्मको मोटर जडित इलेक्ट्रिक कारमा सरकारले जम्मा १० प्रतिशतमात्र भन्सार दर निर्धारण गरेका कारण सोही क्षमता सम्मका कारको बजार हिस्सा निकै ठूलो छ भने त्यसभन्दा बढी मोटर क्षमताका कारले बजार पाउन निकै संघर्ष गरिरहनु परेको छ ।
बजारमा अहिले हुन्डाई, टाटा, बीवाईडी र नेटा लगायत अन्य केही ब्रान्डसँग १०० किलोवाट क्षमतासम्मका कार उपलब्ध छन् । जसमध्ये सवैभन्दा ठूलो बजार हिस्सा टाटाले ओगटेको छ । यो सेग्मेन्टमा टाटासँग नेक्सन र टिगोर ईभी उपलब्ध छ । नेपालको ईभी बजारमा ७० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगट्न सफल टाटाका यी ईभीलाई जम्मा २० प्रतिशत डाउनपेमेन्ट गरेर खरिद गर्न सकिन्छ ।
कुल ५ भेरिएन्टमा उपलब्ध नेक्सन ईभीको सवैभन्दा सस्तो एक्सएम भेरिएन्टलाई ३९ लाख र महंगो भेरिएन्ट डार्क एडिसन एक्सजेड प्लस लक्जरीलाई ४४ लाख पर्छ । यस हिसावले यो ईभीलाई जम्मा ७ लाख ८० हजारदेखि ८ लाख ८० हजार रुपैयाँसम्म भुक्तानी गरेर बाँकी रकमलाई किस्ताबन्दीमा भुक्तानी गर्न सकिन्छ । सरल फाइनान्सिङका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्रभु, एनएमबी, एभरेष्ट, नविल, कामना विकास र कुमारी बैंकसंग सम्झौता गरेको छ । जसअनुसार एभरेष्टबाट लोन लिँदा १२.८ प्रतिशत र नविलमा १२.९९ प्रतिशत ब्याज लाग्छ ।
टाटाकै अर्को इलेक्ट्रिक ह्याचव्याक टिगोरलाई भने ६ लाख रुपैयाँ डाउनपेमेन्ट गरेर खरिद गर्न सकिन्छ । तीन भेरिएन्टमा उपलब्ध टिगोरको मूल्य ३० लाख, ३१ लाख ४९ हजार र ३३ लाख तोकिएको छ । यी कारको डाउनपेमेन्ट रकम क्रमश ६ लाख, ६ लाख ३८ हजार र ६ लाख ६० हजार पर्छ ।
हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कोना र आयोनिक ५ मोडलका इलेक्ट्रिक कार बिक्री गर्दै आइरहेको छ । जसमध्ये कुल तीन भेरिएन्टमा उपलब्ध कोनाको मूल्य ६० लाख ९६ हजार, ६१ लाख ९६ हजार र ६४ लाख ५६ हजार निर्धारण गरिएको छ । २० प्रतिशत डाउनपेमेन्ट गरेर खरिद गर्दा यसमा क्रमशः १२ लाख २० हजार, १२ लाख ४० हजार र १२ लाख ९१ हजार भुक्तानी गर्नुपर्छ । त्यसैगरी १ करोड १६ लाख ९६ हजार पर्ने आयोनिक ५ मा ग्राहकले डाउनपेमेन्ट वापत २३ लाख ४० हजार भुक्तानी गरे पुग्छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नविल र ग्लोवल आइएमई लगायत बैंकसँग सम्झौता गरेर सरल फाइनान्सको सुविधा उपलब्ध गराउँदै आएको छ । जसमध्ये नविलबाट लोन लिँदा ग्राहकले १२.९९ प्रतिशत व्याज तिर्नुपर्ने हुन्छ ।
मोटर क्षमता कम भएर आएपछि चर्चा वटुल्न सफल बीवाईडी एट्टो ३ खरिद गर्न चाहने ग्राहकले शुरुमा १३ लाख रुपैयाँ डाउनपेमेन्ट वापत भुक्तानी गर्नुपर्ने हुन्छ । यो कारको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । डाउनपेमेन्ट गरेर बाँकी हुन आउने ८० प्रतिशत रकमलाई ७ वर्षभित्र किस्ताबन्दीमा भुक्तानी गर्न सकिन्छ । सहज फाइनान्सिङका लागि बीवाईडी विक्रेता साइमेक्स इंकले एभरेष्ट वैंंकसँग सम्झौता गरेको छ ।
सिजी मोटर्सले बिक्री गर्ने नेटा भीलाई डाउनपेमेन्ट वापत शुरुमा ७ लाख ६० हजार रुपैयाँ भुक्तानी गरे पुग्छ । यो कारको मूल्य ३८ लाख रुपैयाँ निर्धारण गरिएको छ । वाँकी रकमलाई ग्राहकले ७ वर्षभित्रमा भुक्तानी गर्नेगरी किस्ताबन्दीको सुविधा लिन सक्नेछन् ।
काठमाडौँ–नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षमा विद्युतीय...
काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने भनेर केही समय देखि चर्चामा रहेको...
बेलायती अर्बपति रिचर्ड ब्रान्सन आफ्नै यानमा चढेर अन्तरिक्ष यात्रा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...