यी हुन् सिट्रोन सी ३ का प्रतिस्पर्धी, यस्ता छन् फिचर

नेपालमा पछिल्लो एक वर्षमा विद्युतीय सवारीको बजारले प्राथमिकता पाउन थालेको छ। गाडी किन्नेको प्राथमिकतामा इलेक्ट्रिक सवारी अर्थात ईभी पर्न थालेपछि पेट्रोल–डिजेल इन्जिन गाडी बिक्रीमा झन् ठूलो प्रतिस्पर्धा सुरु भएको छ।

चालु आर्थिक वर्षको ९ महिनामा करिब २ हजार ५०० युनिट विद्युतीय कार जिप र भ्यान आयात भएका छन्। विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै ६ महिना सरकारले पेट्रोल–डिजल इन्जिन सवारी आयातमा प्रतिबन्ध लगायो। ६ महिनापछि आयात खुलेपछि इन्धनमा आधारित गाडी बिक्रीमा चर्को प्रतिस्पर्धा सुरु भएको हो।

ईभीको बजार प्रवद्र्धनमा बैंक तथा वित्तीय संस्थाहरुले पनि सघाएका छन्। विद्युतीय गाडी किन्नेलाई बैंक तथा वित्तीय संस्थाले सहजै ऋण उपलब्ध गराउँदै आएका छन्। तर विद्युतीय गाडीमा अहिले पनि १५० प्रतिशत रिस्क वेटेज कायमै छ। त्यसले इन्धनमा आधारित गाडी बिक्री टफ भएको छ।

यस्तैमा बजारमा अहिले उपलब्ध सांग्रिला मोटर्सले फ्रेन्च कार सिट्रोन सी ३ भर्खरै ३४ लाख ४९ हजार रुपैयाँको सुरुवाती मूल्य र ३६ लाख ४९ हजार रुपैयाँसम्मको मूल्य राखेर दुई भेरिएन्टमा सार्वजनिक गरेको छ। जसले नेपाली बजारमा बिक्री हुदै आएका निसान म्याग्नाइट, रेनो काइगर र सुजुकी इग्निससँग प्रतिस्पर्धा गर्ने देखिएको छ। मूल्य र फिचरको हिसाबले यी कारहरु उस्तै–उस्तै छन्।

निसानको म्याग्नाइटको मूल्य ३३ लाख ९९ हजारदेखि भेरिएन्ट अनुसार ४८ लाख ८४ हजार रुपैयाँ रहेको छ। यस्तै रेनो काइगरको मूल्य ३४ लाख ९९ हजारदेखि ४३ लाख ९९ हजार रुपैयाँ सम्म छ। यसैगरी सुजुकी इग्निसको मूल्य भेरिएन्ट अनुसार ३५ लाख ९९ हजारदेखि ४० लाख ९९ हजार रुपैयाँ छ।

नेपालमा उपलब्ध यी इन्धन कारहरुको मूल्य राख्न पनि प्रतिस्पर्धा भएको देखिन्छ। मूल्यका हिसाबले हेर्ने हो भने सिट्रोन सी ३ ले बजारमा राम्रो मार्केट लिने अनुमान गरिएको छ। तर मानिसहरु स्थापित ब्रान्डलाई खरिद गर्न विश्वास गर्छन। यसको मतलब यो हैन की नयाँ ब्रान्ड किन्दैनन्। फिचर र अन्य सेफ्टीका सुविधाहरु हेरेर पनि गाडी खरिद गर्ने जमात धेरै ठुलो बन्दै गएको छ। यसको फाइदा सिट्रोनले उठाउन सक्ने अनुमान गर्न सकिन्छ।

माइलेज र इन्जिन क्षमता
माइलेजको कुरा गर्दा सिट्रोन सी ३ ले एक लिटर पेट्रोलमा १९.८ किलोमिटर माइलेज दिन्छ। यस्तै निसानको म्याग्नाइटले १८.७५ किलोमिटर मात्र दिन्छ। तर यसको ट्रर्बो इन्जिनले भने २० किलोमिटर प्रदान गर्छ। यो काइगरको म्यानुअल संस्करण भन्दा धेरै हो। तर सुजुकीको इग्निसले २०.८९ भन्दा कम माइलेज दिन्छ।

सी ३ भारतीय बजारमा दुई इन्जिन विकल्पहरूसँग प्रस्ताव गरिए पनि नेपालमा भने सिंगल इन्जिन अप्सनमा मात्र उपलब्ध छ। सी ३ मा १.२ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन छ। जसले ८२ एचपी पावर र ११५ एनएम टर्क जेनेरेट गर्छ। काइगर र म्याग्नाइट दुबै नेचुरल्ली एस्पिरेटेड र टर्बो–पेट्रोल इन्जिन विकल्पहरूमा उपलब्ध छन्। यसमा भएका इन्जिनले ७२ एचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ। यी गाडीहरुका इन्जिन ९९९ सीसीदेखि ११९८ सीसी क्षमताका रहेका छन्।

सी ३ जस्तै, इग्निस पनि नेचुरल्ली एस्पिरेटेड मोटरको साथ उपलब्ध छ। इग्निस ४ सिलिन्डर युनिट प्राप्त गर्ने एक मात्र कार हो। गियरबक्सको सन्दर्भमा, अहिलेका लागि सबै कारहरूमा ५ स्पिड म्यानुअल गियरबक्स उपलब्ध छ।

फिचर्स र साइज
सीट्रोन सी ३ सुजुकी इग्निसभन्दा लामो छ, तर निसान म्याग्नाइट र रेनो काइगर भन्दा अलि छोटो छ। त्यसैगरी, सी ३ इग्निस भन्दा चौडा छ, तर अन्य भन्दा साँघुरो छ।

उचाइको हिसाबले सी ३ म्याग्नाइट र इग्निसको बीचमा छ। जबकि काइगर सबै मोडलहरूमध्ये सबैभन्दा अग्लो हो।

२५४० एमएममा सिट्रोनसँग सबैभन्दा ठूलो ह्वीलबेस छ जसले यस सेगमेन्टमा उत्कृष्ट लेग्रूम दिने दावी गर्दछ। सी ३ मा यात्रुहरूको लागि उत्कृष्ट–इन–क्लास हेडरुम, काँध र कुहिनो राख्ने ठाउँहरु सहज रुपमा म्यानेज गरिएको छ।

म्याग्नाइट र काइगरमा सबैभन्दा ठूलो ४० लिटर इन्धन ट्यांकीहरू छन्। इग्निसमा ३२ लिटरको इन्धन ट्यांकी छ भने सी ३ मा मात्र ३० लिटरको सबैभन्दा सानो इन्धन ट्यांकी छ। बुट क्षमताको हिसाबले काइगरमा ४०५ लिटर सामान अट्ने सबैभन्दा ठूलो ठाउँ छ। त्यसपछि ३३६ लिटरको म्याग्नाइट र ३१५ लिटरको बुट क्षमता भएको सी ३ छ। इग्निसको सबैभन्दा सानो बुट स्पेस मात्र २६० लिटरको छ।

त्यस्तै, टायरको साइजको हिसाबले इग्निस र सी ३ मा मात्र १५ इन्चको पाङ्ग्राहरू छन् भने काइगर र म्याग्नाइटले १६ इन्चको ठूला पाङ्ग्राहरू पाउँछन्।

सम्बन्धित समाचारहरू

परीक्षणको क्रममा देखियो सिट्रोन ईसी३ को साइन भेरिएन्ट, अर्को साता नेपालमा लन्च हुँदै

परीक्षणको क्रममा देखियो सिट्रोन ईसी३ को साइन भेरिएन्ट, अर्को साता नेपालमा लन्च हुँदै

काठमाडौं – सिट्रोनको इलेक्ट्रिक कार ईसी३ साइन परीक्षणको क्रममा नेपाली...

सिट्रोनले ल्याउँदै ई–सी३ एक्स, पहिलो टिजर सार्वजनिक

सिट्रोनले ल्याउँदै ई–सी३ एक्स, पहिलो टिजर सार्वजनिक

सिट्रोनले आफ्नो लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक ई–सी३ को अपडेट भर्सन...

स्टार क्रिकेटर धोनीको नाममा आयो सिट्रोन सी३ एयरक्रस, १०० यूनिटमात्रै उत्पादन हुने

स्टार क्रिकेटर धोनीको नाममा आयो सिट्रोन सी३ एयरक्रस, १०० यूनिटमात्रै उत्पादन हुने

सिट्रोन इन्डियाले भारतीय बजारमा सी३ एयरक्रसको धोनी संस्करण लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...