बाइककाे इन्जिन समस्याबारे यस्तो आयो कम्पनीको स्पष्टिकरण

इटालियन मोटरसाइकल निर्माता अप्रिलियाले भारतमा सन् २०२३ मा लन्च गरेको अप्रिलिया आरएस ४५७  ले लन्चपछिको समयमै निकै चर्चा र प्रशंसा बटुलेको थियो। तर पछिल्ला केही महिना अघि यसको इन्जिनसम्बन्धी गुनासो बढ्न थालेको छ । अब कम्पनीले पहिलोपटक यसबारे आधिकारिक स्पष्टिकरण दिएको छ।

रिपोर्टअनुसार केही ग्राहकले बाइकको इन्जिनमा कम्प्रेसनको कमी, क्याम चेन टेन्सनरको समस्या, पावर हानि तथा इन्जिन फेल जस्ता समस्याको गुनासो गरेका थिए। तीमध्ये केहीले बाइकमा आफैंले परिमार्जन गरेका थिए भने केहीले कुनै पनि परिवर्तन नगरीकन कम्पनीको मूल अवस्था अनुसार नै बाइक चलाइरहेका थिए।

यी समस्या देखिएपछि कम्पनीले वारेन्टी अन्तर्गत सम्बन्धित बाइकमा सिलिन्डर हेडदेखि सम्पूर्ण इन्जिनसम्म प्रतिस्थापन गरेको पुष्टि भएको छ। यद्यपि, धेरै ग्राहकहरूले कम्पनीले इन्जिनमा के समस्या थियो भन्ने स्पष्ट जानकारी नदिएको गुनासो गरेका छन्।

कम्पनीले सो बाइकलाई इटालीको नोएल स्थित आफ्नै मुख्यालयमा डिजाइन गरिएको एक उत्कृष्ट परफर्मेन्स स्पोर्ट्स बाइक भएको दाबी गरेको छ। कम्पनीका अनुसार, यसले आफ्नो पावर-टु-वेट अनुपात र ट्रयाक-रेडी डिजाइनका कारण अत्यधिक प्रशंसा पाएको छ।

तर इन्जिन समस्या देखिनुको कारण कम्पनीले दुई मुख्य बुँदामा स्पष्ट पारेको छ । पहिलो बाइकमा अवैधानिक बाह्य पार्टपुर्जा जडान गर्नु र समयमै र आधिकारिक सर्भिस सेन्टरबाट बाइकको सर्भिसिङ नगर्नु । कम्पनीले ग्राहकलाई भविष्यमा यस्ता समस्या नदोहरियोस् भनेर अप्रिलियाका आधिकारिक सर्भिस सेन्टरबाट मात्र सर्भिसिङ गर्न र कुनैपनि पार्ट जडान गर्दा पनि मूल कम्पनीका प्रमाणित पार्टपुर्जाको मात्र प्रयोग गर्न सुझाव दिएको छ।

सम्बन्धित समाचारहरू

यी तीन फिचर नभए पनि फरक पर्दैन, तर चर्चा धेरै

यी तीन फिचर नभए पनि फरक पर्दैन, तर चर्चा धेरै

सवारी साधनमा धेरै फिचर छन्, जुन दैनिक जीवनमा विरलै प्रयोग गरिन्छ । कम्पनीले...

किन र कसरी हुन्छ सीमा क्षेत्रमा स्पेयर पार्ट्सको तस्करी ?

किन र कसरी हुन्छ सीमा क्षेत्रमा स्पेयर पार्ट्सको तस्करी ?

खुल्ला सीमा नाकाका कारण नेपाल र भारतबीच हुने अबैध कारोबारले बेलाबखत ठूलै...

आयातमा कर : चाडपर्व मौसममा मोटरसाइकलको मूल्य १८ हजार सम्म बढ्ने, उपभोक्ता अन्यौलमा

आयातमा कर : चाडपर्व मौसममा मोटरसाइकलको मूल्य १८ हजार सम्म बढ्ने, उपभोक्ता अन्यौलमा

सरकारले प्रतिस्थापन आर्थिक बिधेयकमार्फत एकातर्फ मोटरसाइकल आयात गर्दा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...