पोखरामा अक्सिजन प्लान्ट निर्माण समितिको संरक्षकमा मेयर जिसी र संयोजकमा बतास

पोखरा - पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा निर्माण हुने अक्सिजन प्लान्टको सहयोग संकलन तथा निर्माण अभियान सफल बनाउन अक्सिजन प्लान्ट निर्माण समिति गठन गरिएको छ ।

गठित समितिको संरक्षकमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र संयोजकमा बतास फाउन्डेसन तथा बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास रहेका छन् । निर्माण समितिको कोषाध्यक्षमा अटोवेज प्रालिका प्रवन्ध निर्देशक नारायणप्रसाद पौडेल तथा सदस्यहरुमा केसी ग्रुपका किरण केसी, सेलवेज ग्रुपका प्रवन्ध निर्देशक सुशीलमान प्रधानाङग, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखे, सुपरमादी हाइड्रोका अध्यक्ष पुष्पज्योती ढुंगाना र पत्रकार दीपेन्द्र श्रेष्ठ छन् ।

बतास फाउन्डेसनको अग्रसरतामा अक्सिजन प्लान्ट निर्माण अभियान अगाडि बढिरहेको छ । फाउण्डेसनका तर्फबाट २५ लाख रुपैयाँ बिउ पुँजी राखेर सुरु भएको यो अभियानमा हालसम्म ३ करोड ३३ लाख ६९ हजार भन्दा बढीको प्रतिबद्धता आइसकेको संयोजक बतासले जानकारी दिए । खातामा १ करोड ५१ लाख रुपैयाँ भन्दा बढी जम्मा भइसकेको र अन्य प्रतिबद्धता रकम आउने क्रममा रहेको उनले बताए ।

प्रतिदिन १५० अक्सिजन उत्पादन क्षमताको प्लान्ट स्थापना र थप स्वास्थ्य सामग्रीको लागि करिव ५ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । गठन भएको समितिले थप सहयोग रकम जुटाउने तथा अक्सिजन प्लान्टका लागि कम्पनी (भेन्डर) छनोट गर्ने एवं प्लान्ट स्थापना गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गर्ने लगायतका काम द्रुत गतिमा गर्ने संयोजक बतासले जानकारी दिएका छन् ।

बतास फाउन्डेसन अन्तर्गतका विभिन्न संस्थाहरु नेपालमा अटोमोबाइल व्यवसायमा संलग्न छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...