एम्पियर बन्यो भारतको शीर्ष ५ इलेक्ट्रिक स्कुटर ब्रान्ड, नेपालमा लोकप्रिय बन्दै
काठमाडौं–इलेक्ट्रिक स्कुटर ब्रान्ड एम्पियरले भारतमा उल्लेखनीय सफलता...
एमजी मोटर इन्डियाले कोमेटमा आधारित अर्को नयाँ इलेक्ट्रिक माइक्रो एसयूभी ल्याउने भएको छ । ‘ई२६०’ कोड नेम दिइएको यो नयाँ ईभीलाई एमजीले आफ्नो ग्लोवल स्मल इलेक्ट्रिक भेइकल(जीएसईभी) प्लेटफर्ममा निर्माण गर्न लागेको हो ।
एसएआईसी, जनरल मोटर्स र वुलीङले संयुक्त रुपमा विकास गरेको यो प्लेटफर्मममा एमजीले कोमेट ईभीलाईे छिट्टै लन्च गर्ने तयारी गरिरहेको छ । यो प्लेटफर्ममा कम्पनीले अन्य धेरै इभी समेत ल्याउने तयारी तिव्र वनाएको छ ।
यो नयाँ इभीको डिजाइन एमजीको सिस्टर कम्पनी बेजोनले देखाएको यप माइक्रो एसयूभीको जस्तै हुने अनुमान गरिएको छ । तीन मिटरभन्दा कम लम्वाइ र थ्री डोरमा आउन लागेको यसको लुक्स सुजुकीको माइक्रो एसयुभी जिम्नी थ्री डोरबाट प्रेरित रहनेछ ।
यसले मान्द्रिाको निकट भविष्यमा आउने तयारी भइरहेको इलेक्ट्रिक केयूभी १०० संग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । यो मिनी इलेक्ट्रिक एसयूभीमा प्रयोग हुने पावरट्रेनका विषयमा भने कम्पनीले कुनै जानकारी वाहिर ल्याएको छैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...