बजाज, टिभिएस र हिरोका स्कुटर चम्किदा भारतमा इलेक्ट्रिक टु–ह्विलरको बिक्री ८५ प्रतिशतले बढ्यो
भारतमा इलेक्ट्रिक स्कुटर र बाइकको बिक्री अक्टोबरमा ८५ प्रतिशत बढेर १ लाख...
कमेडी च्याम्पियन सिजन टुका विजेता भरतमणि पौडेलले ड्याटसन रेडी गो कार उपहार पाएका छन् । त्यसैगरी फस्ट रनर अप बिक्की अग्रवालले टीभीएस अपाचे आरटीआरको १६० २भी मोटरसाइकल र सेकेन्ड रनर अप सन्तोष थापाले टीभीएस ब्रान्डकै एनटर्क रेस एडिसन स्कुटर हात पारेका छन् ।
नेपाली रियालिटी शो कमेडी च्याम्पियनको यो दोस्रो सिजन हो । यसअघिको पहिलो सिजनमा समेत विजेता हिमेश पन्तले रेडी गो कार र फस्ट रनर अप तथा सेकेन्ड रनर अपलाई टीभीएस ब्रान्डको मोटरसाइकल र स्कुटर प्रदान गरिएको थियो । कमेडी च्याम्पियनको टाइटल स्पोन्सर टीभीएस मोटरसाइकलको लोकप्रिय सिरिज अपाचे आरटीआर रहँदै आएको छ ।

यस्तो छ भरतमणिले पाएको ड्याटसन रेडी गो कार
जापनिज ब्रान्ड ड्याटसनको यो कार इन्ट्री लेभल ह्याचब्याक हो । नयाँ रेडी गोमा वेस्ट इन क्लास फिचरहरु रहेका छन् । यसमा ८ इन्चको टचस्क्रिन, एडभान्स एन्ड्रोइड तथा एप्पल कारप्लेमार्फत सहजै सञ्चालन गर्न सकिने भ्वाइस रिकग्निसनयुक्त इन्फोटेनमेन्ट सिस्टम पनि रहेको छ । प्रिमियम गन मेटल फिनिसिङको साथ अनबोर्ड एक ड्युअल टोन इन्स्ट्रयुमेन्ट प्यानल पनि रहेको छ ।
यस कारमा यो सेगमेन्टकै उच्चस्तरीय सुरक्षाका उपायहरु समावेश गरिएको छ । ठूलो दुर्घटनाबाट बच्नको लागि त्यसै किसिमको बडी स्ट्रक्चर राखिएको छ, जसले यात्रुलाई अगाडिबाट हुने चोटबाट बचाउँदछ । त्यस्तै यसमा साइड इम्पेक्ट पेडेस्ट्रियन प्रोटेक्सन कम्प्लान्ट, रेक्ट्य्राक्टिभ फङ्सनको साथ रियर सिट वेल्ट, ड्युअल एयरब्याग तथा प्रोजेक्सन गाइडको साथ रियर भ्यु क्यामेरा पनि रहेको छ ।
यस कारमा १८७ एमएमको सेगमेन्ट लिडिङ ग्राउन्ड क्लियरेन्स उपलब्ध गराइएको छ ।
भारतमा इलेक्ट्रिक स्कुटर र बाइकको बिक्री अक्टोबरमा ८५ प्रतिशत बढेर १ लाख...
टीभीएसले भारतमा टीभीएस रेडरलाई मार्वलको सुपर हिरोबाट प्रेरित राइडर सुपर...
टीभीएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाटमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...