एनटर्क १२५ रेस एक्सपिले नेपालमा पायो २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्ड
काठमाडौं– टिभिएस एनटर्क रेस एक्सपि २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर...
टीभीएसले दुई पाङ्ग्रे सवारी साधनको टेक्नोलोजी विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । टीभीएस क्लचरहित बाइक बजारमा ल्याउने भारतको पहिलो कम्पनी हो । टीभीएस जाइभ क्लच बिनाको भारतको पहिलो बाइक हो ।
बढ्दो ट्राफिक र बाइकमा बारम्बार क्लच थिच्ने तथा गियर परिवर्तन गर्ने झन्झटबाट छुटकारा पाउन टीभीएसले जाइभ लन्च गरेको थियो । यसअघि क्लचलेस टेक्नोलोजी स्कुटरमा मात्र सीमित थियो ।
कम्पनीले सो बाइकमा क्लच नभएको ११० सीसीको अटोमेटिक इन्जिन प्रयोग गरेको थियो । सो इन्जिनले ७५०० आरपीएममा ८.४ बीएचपीको पावर र ५५०० आरपीएममा ८.३ एनएमको टर्क जेनेरेट गर्छ । यसको तौल १०० किलो र बाइकको माइलेज ६० देखि ६५ प्रति घण्टा थियो । सो बाइक रोटरी गियर र अटोक्लचसँग सुसज्जित थियो र ४ गियर स्पिड थियो ।
टीभीएसले सो बाइक सन् २००९ मा लन्च गरेको थियो, जसको सिट मुनि स्टोरेज बक्स पनि समावेश थियो । बाइकको मूल्य ४१ हजार भारु मात्र थियो । यो बाइक नेपाली बजारमा समेत उपलब्ध थियो ।
टीभीएस जाइभ बाइक राम्रो र टेक्नोलोजीमा उत्कृष्ट भए तापनि क्लच लगाएर बाइक चलाउने बानी परेका मानिसलाई क्लच बिनाको बाइक अलि अनौठो लाग्न थाल्यो । जाइभ क्लचलेस बाइक थियो तर स्कुटरजस्तो गियरलेस थिएन ।
कम्पनीले यसमा गियर दिएको थियो, जसलाई क्लच नलगाई चलाउन असहज महसुस हुन थाल्यो र बजारमा खासै लोकप्रिय हुन सकेन । अन्ततः कम्पनीले यसलाई २०१२ मा बन्द गरिदियो ।
काठमाडौं– टिभिएस एनटर्क रेस एक्सपि २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर...
काठमाडौँ – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...
टीभीएसले रोनिनको २०२५ संस्करण सार्वजनिक गरेको छ । अपडेट गरिएको मोडलले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...