यस्तो छ क्लासिक ३५० को क्रोम र डार्क एडिसन(मूल्य सहित)

काठमाडौं– रोयल इन्फिल्डको सर्बाधिक लोकप्रिय मोडल क्लासिक ३५० थप दुई एडिसनमा नेपाल आएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले नाडा अटो शोमा रोयल इन्फिल्ड क्लासिक ३५० क्रोम एडिसन र क्लासिक ३५० डार्क एडिसन सार्वजनिक गरेको हो ।

कम्पनीले क्लासिक ३५० डार्कको मूल्य ५ लाख २५ हजार रुपैयाँ र क्रोमको ५ लाख ३० हजार रुपैयाँ तोकेको छ । दुवै भेरियन्टको बुकिङ समेत खुल्ला गरिएको छ । दुवै मोटरसाइकलमा डुअल डिस्कब्रेक छ भने स्पीड सेन्सर पनि राखिएको छ । यी मोटरसाइकलमा किक स्टार्ट हटाएर सेल्फ स्टार्ट सिस्टम राखिएको छ भने अन्य फिचरहरू केही परिवर्तन नगरी पुरानै यथावत राखेको छ ।

दुवै मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको हो । यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड, एसआएचसी एफआइ रहेको छ । उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०।४८ बे्रकहर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ ।

टाइमलेस स्टाइलिङ डिजाइनमा रहेको यी मोटरसाइकलमा हेलोजन लाइट, एनालग डिजिटल इन्स्ट्रयुमेन्ट मिटर, यूएसबी चार्जिङ पोर्ट, लामो मेटल एक्जस्ट, वाइडर सीट, वाइडर टायर, ट्युबलेस टायर, स्पीड सेन्सर, टेलिस्कोपिक सस्पेन्सन र ट्वीन सक अब्जर्बार जस्ता फिचरहरू पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

हन्टर ३५० को खरिदमा १५ हजारको एसेसरिज निःशुल्क

हन्टर ३५० को खरिदमा १५ हजारको एसेसरिज निःशुल्क

काठमाडौं– रोयल इन्फिल्डको सस्तो मोटरसाइकल हन्टर ३५० खरिद गर्दा १५ हजार...

नयाँ बेस प्रिमियम भेरिएन्टसहित २०२६ रोयल इन्फिल्ड हन्टर ३५० लन्च

नयाँ बेस प्रिमियम भेरिएन्टसहित २०२६ रोयल इन्फिल्ड हन्टर ३५० लन्च

रोयल इन्फिल्डले आफ्नो लोकप्रिय र किफायती मोटरसाइकल हन्टर ३५० को २०२६...

२५० देखि ४०० सीसी सम्मका मोटरसाइकलको कर घट्यो, केही मूल्य घट्ने

२५० देखि ४०० सीसी सम्मका मोटरसाइकलको कर घट्यो, केही मूल्य घट्ने

काठमाडौं – सरकारले हिजो प्रस्तुत गरेको बजेटमार्फत २५० देखि ४०० सीसी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...