टियागो इभीको प्रस्पिर्धी सिट्रोन इसी३ को वुकिङ खुल्ला, कहिले आउला नेपाल

फ्रेन्च अटो निर्माता सिट्रोनले भारतमा उत्पादन गरेको इलेक्ट्रिक कार ईसी३ को वुकिङ खुल्ला गरेको छ । २५ हजार भारुमा वुकिङ खुल्ला गरिएको यो नयाँ कारलाई कम्पनीले अर्को महिनादेखी शोरुममा पठाउने वताएको छ । यो नयाँ कारले टाटा टियागो इभीसंग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । कारको मूल्य र डेलिभरी हुने मितीवारे कुनै जानकारी वाहिर आएको छैन ।

सिट्रोनको यो नयाँ इलेक्ट्रिक कार रेगुलर सी३ जस्तै लाइभ र फील भेरिएन्टमा उपलब्ध हुनेछ । कारमा २९.२ किलोवाट आवरको व्याट्री प्याक जडान गरिएको छ । फ्रन्ट एक्सलमा जडान गरिएको यसको माउन्टेड इलेक्ट्रिक मोटरले ५७ एचपी पावर र १४३ एनएम टर्क जेनेरेट गर्ने वताइएको छ । कारलाई एकपटक फूल चार्ज गर्दा ३२० किलोमिटर रेन्ज पाउन सकिने दावी गरिएको छ ।

यो इलेक्ट्रिक ह्याचव्याकलाई रिजेनेरिटिभ व्रेकिङ सहित इको र स्ट्यान्डर्ड मोडमा चलाउन सकिन्छ । कारको उच्च गती १०७ किलोमिटर प्रतिघण्टा रहेको छ । यसलाई डिसी फास्ट चार्जरको साहयतामा ५७ मिनेटभित्रै १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने अर्को ३.३ किलोवाटको अनवोर्ड एसी फास्ट चार्जरले १० घण्टामा सत् प्रतिशत चार्ज गर्न सकिन्छ ।

कारमा १०.२ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल एण्ड एन्ड्रोइड अटो, फोर स्पिकर अडिओ सिस्टम, हाइट एड्जस्टेवल ड्राइभर सिट, कनेक्टेड कार टेक्नोलोजी, माइ सिट्रोन कनेक्ट एप, डुअल एयर व्याग र इविडी सहितको एविएस लगायत फिचर दिइएको छ ।

यसमा जडान गरिएको व्याट्री प्याकमा ७ वर्ष अर्थात १ लाख ४० हजार किलोमिटर तथा मोटरमा ५ वर्ष अर्थात १ लाख किलोमिटरको वारेन्टि दिइएको छ । कारको मूल्य १० देखी १२ लाख भारुको विचमा निर्धारण हुने अनुमान लगाइएको छ ।

सिट्रोनको यो नयाँ इलेक्ट्रिक कार अवको केही समयपछि नेपाली बजारमा समेत आउने अनुमान गर्न सकिन्छ । नेपालका लागी आधिकारिक वितरक सांग्रिला मोटर्सले सवैभन्दा पहिले यसको कम्वस्चन भर्सन आयत गर्ने र त्यसपछि इलेक्ट्रिकलाई बजारमा उतार्ने संभावना देखिएको छ । कम्पनीले कम्वस्चन इन्जिनयुक्त सी३ को आयत गर्ने प्रक्रिया शुरु गरिसकेको छ । भारतमा यसको डेलिभरी शुरु भएपछि संभवत लगत्तै यो नयाँ इलेक्ट्रिक कार नेपाली बजारमा समेत उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

सिजी मोटर्सलाई बजेटको वम्पर, बजेट आएको १ हप्ता पछि नयाँ कार लन्च गर्दै

सिजी मोटर्सलाई बजेटको वम्पर, बजेट आएको १ हप्ता पछि नयाँ कार लन्च गर्दै

आर्थिक वर्ष २०७९/८० का लागि सरकारले सार्वजनिक गरेको बजेटमा इलेक्ट्रिक...

ओमोडा ई५ ईभीको मूल्यमा २ लाख ५० हजार वृद्धि, अबको मूल्य ६१ लाख ९९ हजार

ओमोडा ई५ ईभीको मूल्यमा २ लाख ५० हजार वृद्धि, अबको मूल्य ६१ लाख ९९ हजार

काठमाडौं – करिव डेढ महिना पहिले नेपाली बजारमा लन्च गरिएको ओमोडा ई५ ईभीको...

किलेस इन्ट्री वा पुस स्टार्ट सिस्टम : फाइदा के ? बेफाइदा के ?

किलेस इन्ट्री वा पुस स्टार्ट सिस्टम : फाइदा के ? बेफाइदा के ?

पछिल्लो केही समय यता कारमा नयाँ प्रविधिको रुपमा किलेस इन्ट्री अर्थात पुुस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...