नेपाल भित्रियो सिट्रोन ब्रान्ड, आयो सी५ एयरक्रस एसयूभी

काठमाडौं – नेपाली बजारमा सिट्रोन ब्रान्डको सी५ एयरक्रस एसयूभी भित्रिएको छ । नेपालमा सिट्रोनको आधिकारिक वितरकको रुपमा सांग्रिला मोटर्स प्रालिले सो एसयूभी भित्र्याएको हो ।

केही समय पहिले भारतीय बजारमा सार्वजनिक गरिएको सी५ एयरक्रस नेपाली बजारमा समेत उपलब्ध गराइएको हो । ५ सिट क्षमताको सो एसयूभी नेपाल भित्रिए पश्चात सिट्रोन ब्रान्ड पहिलो पटक औपचारिक रुपमा प्रवेश गरेको छ ।

सी५ एयरक्रसमा १९९७ सीसीको डिजेल इन्जिन छ, जसले १७४ एचपी पावर र ४०० एनएम टर्क जेनेरेट गर्छ । यसमा ८ स्पिड अटोमेटिक गियरबक्स छ ।

सो एसयूभीको लम्बाई ४५०० एमएम, चौडाई १८४० एमएम, उचाई १६७०, ह्वीलबेस २७३० एमएम र ग्राउन्ड क्लियरेन्स २३० एमएम रहेको छ ।

सो कारमा प्यानोरमिक सनरुफ, १२.३ इन्च डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ८ इन्च टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, इलेक्ट्रोनिक पार्किङ ब्रेक, ड्युअल जोन अटो क्लाइमेट कन्ट्रोल, फ्रि टेलगेट, इलेक्ट्रिक एडजेस्टेबल ड्राइभर सिट जस्ता फिचर समावेश गरिएको छ ।

कम्पनीले नेपाली बजारमा उपलब्ध हुने भेरिएन्ट र मूल्यको वारेमा आधिकारिक रुपमा केही जानकारी दिएको छैन । यसको मूल्य १ करोड ४० लाख रुपैयाँको हाराहारी हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

यी हुन् २५ सय सीसी माथिका शक्तिशाली एसयूभी, मूल्य र पावर यस्तो

यी हुन् २५ सय सीसी माथिका शक्तिशाली एसयूभी, मूल्य र पावर यस्तो

नेपाली बजारमा पछिल्लो समय एसयूभी सेग्मेन्टका गाडीको माग उच्च रहँदै आएको छ...

सुन्दर यातायातका विद्युतीय बस चल्न बन्द, डिमान्ड शुल्क नहटाइएको भनाइ

सुन्दर यातायातका विद्युतीय बस चल्न बन्द, डिमान्ड शुल्क नहटाइएको भनाइ

काठमाडौं – सुन्दर यातायातले संचालन गर्दै आएको विद्युतीय बस आजदेखि चलाउन...

२०२६ इसुजु भी–क्रस भारतमा लन्च, अब सबै भेरिएन्टमा फोर ह्विल ड्राइभ सिस्टम अनिवार्य

२०२६ इसुजु भी–क्रस भारतमा लन्च, अब सबै भेरिएन्टमा फोर ह्विल ड्राइभ सिस्टम अनिवार्य

इसुजु मोटर्सले आफ्नो लोकप्रिय पिकअप ट्रक २०२६ इसुजु भी–क्रस भारतीय बजारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...