सुन्दर यातायातका विद्युतीय बस चल्न बन्द, डिमान्ड शुल्क नहटाइएको भनाइ
काठमाडौं – सुन्दर यातायातले संचालन गर्दै आएको विद्युतीय बस आजदेखि चलाउन...
काठमाडौं – नेपाली बजारमा सिट्रोन ब्रान्डको सी५ एयरक्रस एसयूभी भित्रिएको छ । नेपालमा सिट्रोनको आधिकारिक वितरकको रुपमा सांग्रिला मोटर्स प्रालिले सो एसयूभी भित्र्याएको हो ।
केही समय पहिले भारतीय बजारमा सार्वजनिक गरिएको सी५ एयरक्रस नेपाली बजारमा समेत उपलब्ध गराइएको हो । ५ सिट क्षमताको सो एसयूभी नेपाल भित्रिए पश्चात सिट्रोन ब्रान्ड पहिलो पटक औपचारिक रुपमा प्रवेश गरेको छ ।
सी५ एयरक्रसमा १९९७ सीसीको डिजेल इन्जिन छ, जसले १७४ एचपी पावर र ४०० एनएम टर्क जेनेरेट गर्छ । यसमा ८ स्पिड अटोमेटिक गियरबक्स छ ।
सो एसयूभीको लम्बाई ४५०० एमएम, चौडाई १८४० एमएम, उचाई १६७०, ह्वीलबेस २७३० एमएम र ग्राउन्ड क्लियरेन्स २३० एमएम रहेको छ ।
सो कारमा प्यानोरमिक सनरुफ, १२.३ इन्च डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ८ इन्च टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, इलेक्ट्रोनिक पार्किङ ब्रेक, ड्युअल जोन अटो क्लाइमेट कन्ट्रोल, फ्रि टेलगेट, इलेक्ट्रिक एडजेस्टेबल ड्राइभर सिट जस्ता फिचर समावेश गरिएको छ ।
कम्पनीले नेपाली बजारमा उपलब्ध हुने भेरिएन्ट र मूल्यको वारेमा आधिकारिक रुपमा केही जानकारी दिएको छैन । यसको मूल्य १ करोड ४० लाख रुपैयाँको हाराहारी हुने अनुमान गर्न सकिन्छ ।
काठमाडौं – सुन्दर यातायातले संचालन गर्दै आएको विद्युतीय बस आजदेखि चलाउन...
इसुजुले आफ्नो लोकप्रिय पिकअप ट्रक डि–म्याक्स भी–क्रसलाई अपडेट गरेर...
काठमाडौं – नेपाली बजारमा सबैभन्दा धेरै बिक्री हुने बताइएको इसुजुको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...