३६ लाखमै नेपाल आयो सिट्रोन ईसी३ को शाइन भेरिएन्ट

काठमाडौं– सिट्रोन ईसी३ को टप स्पेक भेरिएन्ट ‘शाइन’ ३५ लाख ९९ हजारमै नेपाल आएको छ । नेपालका लागी आधिकारिक वितरक सांग्रिला मोटर्सले आइतवार एक कार्यक्रममाझ ईसी३ को शाइन भेरिएन्ट लन्च गरेको हो । उक्त कार हाल बिक्री हुँदै आएको फिल र लाइभ भेरिएन्टको तुलनमा फिचर लोडेड छ । नयाँ भेरिएन्टलाई कम्पनीले केही दिनयता सडकमा परिरक्षण गर्दै आएको थियो भने मूल्य ४० लाखभन्दा कम पर्ने बताउँदै आएको थियो ।

सिट्रोन ईसी३ शाइनमा लेदर स्टेरिङ ह्विल, रियर भ्यू क्यामेरा, इलेक्ट्रीकल ओआरभीएम, १५ इन्चको आकर्षक डायमण्ड कट एलोई ह्वील, फ्रन्ट र रियर स्कीड प्लेट, वाइपर र रियर डिफगर लगायत फिचर थप गरिएको छ । फिचर थप भएसंगै यो कार फिल भेरिएन्टको तुलनामा जम्मा १ लाख रुपैयाँले मात्र महंगो परेको हो । कम्पनीले यसको फील भेरिएन्टलाई ३५ लाख र लाइभलाई ३३ लाख रुपैयाँमा बिक्री गर्दै आएको छ ।

सिट्रोन ईसी३ मा २९.२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री तथा ४२ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यो कारको ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ३२० किलोमिटर रेन्ज पाउन सकिने कम्पनी दावी छ । यसको ब्याट्रीलाई डिसी फास्ट चार्जरको साहयताले ५७ मिनेटमै १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने एसी चार्जरले १० घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ । साथै यसमा पोर्टेवल चार्जिक केवल समेत पाउन सकन्छि ।

फ्रन्ट ह्विल ड्राइभ सिस्टम दिइएको यो कारको अधिकतम पावर ५७ पिएस र टर्क १४३ एनएम छ । यसैगरी, टप स्पिड १०७ किलोमिटर र ग्राउन्ड क्लिरियन्स १७० एमएम छ । यूरो एनक्यापको सेफ्टि टेष्टमा ४ स्टार रेटिङ पाउन सफल ईसी३ मा फ्रन्ट डुअल एयरब्याग, एबिएस र इबिडी लगायत अन्य धेरै सेफ्टि फिचर समेत पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

सिट्रोनले भोली नयाँ एसयुभी कुपेको ग्लोबल डेब्यू गर्दै, टाटा कर्भसंग प्रतिस्पर्धा हुने

सिट्रोनले भोली नयाँ एसयुभी कुपेको ग्लोबल डेब्यू गर्दै, टाटा कर्भसंग प्रतिस्पर्धा हुने

फ्रेन्च अटो निर्माता सिट्रोनले भोली नयाँ एसयूभी कुपेको ग्लोबल डेब्यू...

के के छन् नेपाल भित्रिएको फ्रेन्च कार सिट्रोन सी३ का विशेषता ?

के के छन् नेपाल भित्रिएको फ्रेन्च कार सिट्रोन सी३ का विशेषता ?

काठमाडौं – नेपाली बजारमा भारतमा उत्पादन भएको फ्रेन्च कार ‘सिट्रोन सी३’...

ग्राहकले पाउन थाले सिट्रोन सी३ र ई–सी३, दशैं अगाडी सबै ग्राहकलाई डलिभरी गरिने

ग्राहकले पाउन थाले सिट्रोन सी३ र ई–सी३, दशैं अगाडी सबै ग्राहकलाई डलिभरी गरिने

काठमाडौं– सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...