एआई फिचर भएको सिट्रोन एयरक्रस एक्स सार्वजनिक, यस्तो छ मूल्य र फिचर
सिट्रोनले भारतीय बजारमा एयरक्रस एक्स लन्च गरेको छ । प्लस ५ सीटर, प्लस ७ सीटर...
काठमाडौं– फ्रेन्च अटो निर्माता सिट्रोनले भारतमा उत्पादन गरेको इलेक्ट्रिक कार ईसी३ को नयाँ भेरिएन्ट नेपाल आउने भएको छ । आगामी आइतबार लन्च गर्ने तयारी गरिएको उक्त कार ईसी३ को साइन भेरिएन्ट हो । ईसी३ हाल लाइभ र फिल सहित दुईवटा भेरिएन्टमा उपलब्ध छ ।
साइन ईसी३ को टप स्पेक भेरिएन्ट हो । यो नयाँ भेरिएन्टमा सिट्रोनले लाइभ र फिलमा नभएका धेरै फिचर उपलब्ध गराएको छ । ब्याट्री, मोटर र रेन्ज एउटै भएपनि यो फिचरको मामलमा अब्बल रहेको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले जनाएको छ ।
कम्पनीका अनुसार यसमा रियर पार्किङ क्यामेरा, इलेक्ट्रीकल्ली एड्जस्टेबल ओआरभीएम, १५ इन्चको आकर्षक डायमण्ड कट एलोई ह्वील, अगाडी र पछाडी स्कीड प्लेट, वाइपर र रियर डिफगर लगायत फिचर थप गरिएको छ । फिचर थप भएसंगै यो कार केही महंगो समेत पर्नेछ । कम्पनी स्रोतका अनुसार ईसी३ साइनको मूल्य ४० लाख भन्दा कम नै तय हुनेछ । कम्पनीले यसको फील भेरिएन्टलाई ३५ लाख र लाइभलाई ३३ लाख रुपैयाँमा बिक्री गर्दै आएको छ ।
सिट्रोन ईसी३ मा २९.२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री तथा ४२ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यो कारको ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ३२० किलोमिटर रेन्ज पाउन सकिने कम्पनी दावी छ । फ्रन्ट ह्विल ड्राइभ सिस्टम दिइएको यो कारको अधिकतम पावर ५७ पिएस र टर्क १४३ एनएम छ । यसैगरी, टप स्पिड १०७ किलोमिटर र ग्राउन्ड क्लिरियन्स १७० एमएम छ ।
सिट्रोनले भारतीय बजारमा एयरक्रस एक्स लन्च गरेको छ । प्लस ५ सीटर, प्लस ७ सीटर...
फ्रेन्च अटो निर्माता सिट्रोनले युरोपेली बजारमा बिक्री हुने ईसी–३ बारे...
काठमाडौं– सिट्रोन ईसी३ को टप स्पेक भेरिएन्ट ‘शाइन’ ३५ लाख ९९ हजारमै नेपाल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...