दसैंको झल्को दिने गरी जीहो इलेक्ट्रिक स्कुटरको कार्निभल शुरु, पुरानोसँग नयाँ साट्न पनि सकिने
काठमाडौं – नेपालका लागि जीहो इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक रिलायन्स...
काठमाडौं – सिट्रोनको नयाँ इलेक्ट्रिक कार ई–सी३ साइन शुरुमा ७ लाख १९ हजार ८ सय रुपैयाँ बुझाएर लिन सकिने भएको छ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले हालै भित्र्याएको सो कार २० प्रतिशत डाउन पेमेन्ट गरेर लिन सकिने सुविधा छ ।
यस अनुसार बाँकी ८० प्रतिशत भने मासिक किस्ताबन्दीको रुपमा बुझाउन सकिने छ । बैंकहरुले दिने ब्याजदरको आधारमा बाँकी रकम ५ वर्ष वा ७ वर्ष सम्म किस्ताबन्दीको रुपमा बुझाउन सकिने छ ।
५ वर्षको स्किम लिदा मासिक रुपमा ६१ हजार १७७ र ७ वर्षको स्किम लिदा मासिक रुपमा ४७ हजार ७९६ रुपैयाँ बुझाउन सकिने छ ।
यस्तो छ सिट्रोन ई–सी३ साइन
फ्रेन्च ब्रान्ड सिट्रोनको इलेक्ट्रिक कार ई-सी३ को सबैभन्दा माथिल्लो अर्थात टप स्पेक भेरिएन्ट साइन नेपाली बजारमा लन्च भएको हो । नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले ३५ लाख ९९ हजार रुपैयाँ मूल्य सहित सो गाडी सार्वजनिक गरेको हो ।
नेपाली बजारमा पहिले देखि नै सिट्रोनको इलेक्ट्रिक कार ई-सी३ का दुई भेरिएन्ट फिल र लाइभ उपलब्ध थिए र तिनको मूल्य क्रमशः ३३ लाख र ३५ लाख रुपैयाँ थियो । अब टप स्पेक साइन भेरिएन्टको मूल्य १ लाख रुपैयाँ मात्र बढी तोकिएको छ ।
नयाँ साइन भेरिएन्टमा ६ फिचर थप भएको कम्पनीको भनाइ छ । यसमा फ्रन्ट तथा रियर स्किड प्लेट, १५ इन्चको अलोय ह्विल, रियर डिफ्रोस्टर एन्ड वाइपर, इलेक्ट्रिकल ओआरभीएम, लेदर स्टेयरिङ ह्विल र रियर भ्यु क्यामेरा जस्ता फिचर थप भएर आएका छन् ।
सिट्रोन ई-सी३ मा २९.२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री तथा ४२.५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यो कारको ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ३२० किलोमिटर रेन्ज पाउन सकिने कम्पनीको दावी छ । यसको ब्याट्रीलाई डिसी फास्ट चार्जरको साहयताले ५७ मिनेटमै १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने एसी चार्जरले १० घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ । साथै यसमा पोर्टेवल चार्जिङ केवल समेत पाउन सकिन्छ ।
फ्रन्ट ह्विल ड्राइभ सिस्टम दिइएको यो कारको अधिकतम पावर ५७ पिएस र टर्क १४३ एनएम छ । यसैगरी, टप स्पिड १०७ किलोमिटर र ग्राउन्ड क्लियरेन्स १७० एमएम छ । ई-सी३ मा फ्रन्ट डुअल एयरब्याग, एबिएस र इबिडी लगायत अन्य धेरै सेफ्टि फिचर समेत पाउन सकिन्छ ।
कम्पनीले ब्याट्रीमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटर र मोटरमा ५ वर्ष वा १ लाख किलोमिटर वारेन्टी दिने बताएको छ ।
काठमाडौं – नेपालका लागि जीहो इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक रिलायन्स...
धेरै प्रतिष्ठित बाइक निर्माता कम्पनीहरु इलेक्ट्रिक स्कुटर उत्पादनमा...
कुश्मा – विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...