अटो एक्स्पो २०२३ मा सिट्रोनको इलेक्ट्रिक कार लन्च हुने

अटो एक्स्पो २०२३ मा सिट्रोनको ईसी३ इलेक्ट्रिक कार लन्च हुने भएको छ । सो कार नयाँ कमन मोड्युलर प्लेटफर्ममा तयार पारिएको अनुमान गरिएको छ । कम्पनीले यसको टिजर पनि जारी गरिसकेको छ । सो कारले टाटा टियागो ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।

यो भन्दा पहिले सिट्रोन ईसी३ इलेक्ट्रिक कार परीक्षणको समयमा देखिएको थियो । परीक्षणको समयमा सो कार पुरै कभर गरिएको थियो । यद्यपि कारको फ्रन्ट बोनटमा चार्जिङ पोर्ट देखिएको थियो । रिपोर्टका अनुसार सिट्रोन ईसी३ कार इलेक्ट्रिक भर्सन ई–सीएमपीमा डिजाइन गरिएको छ ।

सो इलेक्ट्रिक कार सिट्रोनको पहिले देखि उपलब्ध आईसीई कारको प्यारेलल हुने सम्भावना रहेको छ । यसमा इलेक्ट्रिफाइङको लागि ग्रीन एक्सेन्ट र फ्रन्ट फेन्डरमा चार्जिङ पोर्ट पनि हुनेछ ।

सिट्रोन ईसी३मा वायरलेस एन्ड्रोयड अटो र एप्पल कारप्ले, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरको साथमा १० इन्च इन्फाटेन्टमेन्ट सिस्टम, अटोमेटिक एसी, रियर वाइपर र वाशर, इलेक्ट्रिक ओआरभीएम, रियर डिफगर, मल्टिपल ड्राइभ मोड र क्रुज कन्ट्रोल जस्ता फिचर हुनेछ ।

हालसम्म कम्पनीले सो इलेक्ट्रिक कारको ब्याट्री र रेन्जको बारेमा आधिकारिक जानकारी दिएको छैन । तर, अनुमानित रिपोर्ट अनुसार यसमा ५० केडब्ल्युको ब्याट्री जडान गर्न सक्ने सम्भावना छ । जसले १३५ बीएचपीको पावर र २६० एनएमको टर्क जेनेरेट गर्छ ।

यसको ब्याट्री डब्ल्युएलटीपी सर्टिफाइड रेन्ज ३५० किलोमिटर छ । सो कारको मूल्य १० लाख देखि १५ लाख भारु हुने अनुमान छ ।

सम्बन्धित समाचारहरू

१०० युनिट डेलिभरीका साथ पोखराबाट लन्च गरियो बीवाईडी एम६, मूल्य ५८ लाख ९० हजार

१०० युनिट डेलिभरीका साथ पोखराबाट लन्च गरियो बीवाईडी एम६, मूल्य ५८ लाख ९० हजार

पोखरा – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले पोखराबाट...

१० अर्व डलरको ब्रान्ड भ्यालु सहित वीवाइडी वन्यो चीनको सर्बाधिक मूल्यवान अटो ब्रान्ड

१० अर्व डलरको ब्रान्ड भ्यालु सहित वीवाइडी वन्यो चीनको सर्बाधिक मूल्यवान अटो ब्रान्ड

वीवाइडी यो वर्षका लागि चीनको सवैभन्दा मूल्यवान अटो ब्रान्ड वनेको छ ।...

इलेक्ट्रिक स्कुटरको समेत बढ्न थाल्यो मूल्य, एनआईयूले एउटै स्कुटरमा बढायो १६ हजार रुपैयाँ

इलेक्ट्रिक स्कुटरको समेत बढ्न थाल्यो मूल्य, एनआईयूले एउटै स्कुटरमा बढायो १६ हजार रुपैयाँ

इलेक्ट्रिक स्कुटर एनआईयूले एउटै मोडलमा १६ हजार रुपैयाँले मूल्य वृद्धि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...