सिट्रोन सी३ एयरक्रस अपडेट सहित लन्च, डेलिभरी अक्टोबर ८ देखि सुरु हुने

सिट्रोनले भारतीय बजारमा सी३ एयरक्रस अपडेट सहित लन्च गरेको छ । अपडेट गरिएको सी३ एयरक्रसमा धेरै परिवर्तन गरिएको छ र नयाँ फिचर पनि थपिएको छ ।

कम्पनीले दिएको जानकारी अनुसार सिट्रोन सी३ एयरक्रसको नयाँ संस्करणमा एलईडी प्रोजेक्टर हेडल्याम्प, अटो एसी, पावर विन्डो स्वीच, प्यासेन्जर साइड ग्राब ह्यान्डल, पावर फोल्डिङ ओआरभीएम, रियर एसी भेन्ट, सफ्ट टच इन्स्ट्रयुमेन्ट प्यानल जस्ता फिचर अपडेट गरिएको छ । यसका साथै यसमा इन्टेलिजेन्ट स्टोरेज सोलुसन र ३६० एमएम कम्प्याक्ट स्टेयरिङ ह्विल, १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ४० कनेक्टिभिटी फिचरसहितको माईसिट्रोन कनेक्ट एप र ७० भन्दा बढी एसेसरिजसहितको विकल्प उपलब्ध गराइएको छ ।

कम्पनीले सो एसयूभीको सेफ्टीमा पनि धेरै ध्यान दिएको छ । नयाँ सिट्रोनमा इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम,टायर प्रेसर मोनिटरिङ सिस्टम र हिल-होल्ड असिस्ट जस्ता ४० भन्दा बढी एड्भान्स फिचर समावेश छ ।

कम्पनीले यसमा १.२ लिटर क्षमताको जेन३ प्योरटेक ११० टर्बो र प्योरटेक ८२ नेचुरली एस्पिरेटेड इन्जिन उपलब्ध गराएको छ । यसमा ५ स्पिड म्यानुअल, ६ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्प छ ।

सो एसयूभी ५ र ७ सिट विकल्पमा लन्च गरिएको छ । यसको बुकिङ सुरु गरिएको छ भने अक्टोबर ८ देखि डेलिभरी सुरु हुनेछ ।

भारतीय बजारमा सी३ एयरक्रसले हुन्डाई क्रेटा, मारुती ग्रान्ड भिटारा, टोयोटा अर्बन क्रुजर हाइराइडर, किया सेल्टोस, स्कोडा कुशाक, फक्सवागन टाइगुन र एमजी एस्टर जस्ता एसयूभीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

२० प्रतिशत डाउनपेमेन्टमै सिट्रोन सी३ को पेट्रोल भर्सन किन्न पाइने

२० प्रतिशत डाउनपेमेन्टमै सिट्रोन सी३ को पेट्रोल भर्सन किन्न पाइने

काठमाडौं – सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले...

स्टार क्रिकेटर धोनीको नाममा आयो सिट्रोन सी३ एयरक्रस, १०० यूनिटमात्रै उत्पादन हुने

स्टार क्रिकेटर धोनीको नाममा आयो सिट्रोन सी३ एयरक्रस, १०० यूनिटमात्रै उत्पादन हुने

सिट्रोन इन्डियाले भारतीय बजारमा सी३ एयरक्रसको धोनी संस्करण लन्च गरेको छ ।...

६ एयरब्यागसहित सिट्रोन बसाल्ट लन्च, टाटा कर्भसँग प्रतिस्पर्धा गर्ने

६ एयरब्यागसहित सिट्रोन बसाल्ट लन्च, टाटा कर्भसँग प्रतिस्पर्धा गर्ने

सिट्रोनले आफ्नो पहिलो एसयूभी कुपे स्टाइल कार बसाल्ट भारतीय बजारमा लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...