सिट्रोन सी३ एयरक्रसको ईभी भर्सन सार्बजनिक, ७ सिटर एसयूभीको रेन्ज ३०० किलोमिटर

सिट्रोनले युरोपेली बजारमा सी३ एयरक्रसको ईभी भर्सन सार्बजनिक गरेको छ । नयाँ सी३ एयरक्रस ईभी अव यसको आईसिई र हाइब्रिड पावरट्रेनका साथ उपलब्ध हुनेछ । जसको मूल्य २७ हजार ४०० यूरोबाट सुरु हुने जनाइएको छ ।

४.३९ मिटर लामो सो कार ७ सिटर एसयूभी सेग्मेन्टमा आएको हो । बक्सी डिजाइनमा तयार पारिएको यो ईभीमा एलईडी हेडल्याम्प, रियर पार्किङ सेन्सर एबं क्यामेरा, हेड–अप डिस्प्ले, १०.२५ इन्च इन्फोटेनमेन्ट स्क्रिन, र वायरलेस चार्जिङ लगायत फिचर सामेल गरिएको छ ।

कारमा ४४ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री जडान गरिएको छ भने इलेक्ट्रिक पावरट्रेनले १११ बीएचपी पावर उत्पादन गर्छ । ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ३०० किलोमिटर रेन्ज पाइने दावी गरिएको यो कारको टप स्पिड भने १४५ किलोमिटर प्रतिघण्टा छ । १०० किलोवाट क्षमताको चार्जरले यसलाइ २६ मिनेटमा २० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

कम्पनीले छिट्टै ४०० किलोमिटर रेन्ज दिने अर्को भर्सन समेत लन्च गर्ने योजना बनाएको छ । सी३ एयरक्रस भारतीय बजारमा समेत उत्पादन हुँदै आएका कारण निकट भबिष्यमा यसको ईभी भर्सनलाई सिट्रोनले भारतमै पनि उत्पादन गर्न सक्ने संभावना देखिन्छ । भारतमा उत्पादन भएपछि यो नेपाली बजारमा समेत आउनेछ ।

सम्बन्धित समाचारहरू

तीन भेरिएन्टमा आयो सिट्रोन सी३ एयरक्रस, यस्तो छ फिचर र पावरट्रेन

तीन भेरिएन्टमा आयो सिट्रोन सी३ एयरक्रस, यस्तो छ फिचर र पावरट्रेन

फ्रेन्च अटो निर्माता सिट्रोनले आफ्नो वहुप्रतिक्षित मिड साइज एसयूभी सी३...

नेपालमा सार्वजनिक भयो भारतमा बनेको नयाँ सिट्रोन सी३, यस्तो छ मूल्य र फिचर

नेपालमा सार्वजनिक भयो भारतमा बनेको नयाँ सिट्रोन सी३, यस्तो छ मूल्य र फिचर

काठमाडौं – नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले...

सिट्रोनले ल्यायो न्यु इयर बोनान्जा : सी३ मा २ लाख र ई–सी३ मा १ लाख सम्मको लाभ

सिट्रोनले ल्यायो न्यु इयर बोनान्जा : सी३ मा २ लाख र ई–सी३ मा १ लाख सम्मको लाभ

काठमाडौं – नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...