चीतवनमा सिट्रोनको नयाँ शोरुम, इलेक्ट्रिक र कम्बस्चन दुवै गाडी उपलब्ध हुने

चीतवन– सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले चितवनमा नयाँ शोरुम विस्तार गरेको छ । चितवनको भरतपुर–१०, रिजाल चोकमा खोलिएको नयाँशोरुम ओजोन मोटर्स रहेको छ । सो नयाँ शोरुममा सिट्रोन ई–सिथ्री र सिट्रोन सिथ्री मोडल बिक्रीका लागी उपलब्ध रहनेछन् ।

शोरुमको उद्घाटन उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, सीसीआईसीका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष नारायण अधिकारी र सांग्रिला मोटर्स प्रालिका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच गरेका हुन् ।

हालै नेपाल भित्रिएको सिट्रोन ई–सिथ्रिमा २९.२ किलोवाट आवर ब्याट्री जडान गरिएको छ भने मोटर पावर ४२.५ किलोवाट र १४३ एनएमको टर्क प्रदान गर्दछ । कम्पनीले यसको ब्याट्रीमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटरको वारेन्टी दिएको छ । त्यसैगरी यसमा दिइएको विद्युतीय मोटरमा ५ वर्ष वा १ लाख किलोमिटर वारेन्टी रहेको छ ।

उपभोक्ताहरुको अत्यधिक मागलाई सम्बोधन गर्दै सो नयाँ शोरुममा आफ्नो आईस (इन्टरनल कम्बस्चन इन्जिन) मोडेल पनि उपलब्ध गराएको कम्पनीले जनाएको छ । सांग्रिला मोटर्सले दशैं र तिहारको अवसरमा प्रमोशनल स्किम पनि ल्याएको छ । यस योजना अन्तर्गत, ग्राहकहरूले आकर्षक छुट, निःशुल्क सडक कर, र एक वर्षभरीको लागि निःशुल्क बीमा लगायत लाभहरु पाउन सक्नेछन् ।

सम्बन्धित समाचारहरू

अब सिट्रोनको नयाँ गाडी हुनेछ बेसाल्ट, सार्वजनिक भयो कन्सेप्ट

अब सिट्रोनको नयाँ गाडी हुनेछ बेसाल्ट, सार्वजनिक भयो कन्सेप्ट

सिट्रोनले भारतमा नयाँ कूपे एसयूभीको कन्सेप्ट मोडल सार्वजनिक गरेको छ ।...

पोखरामा एकै स्थानमा विभिन्न फरक ब्रान्डका सवारी साधनको एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल हुने

पोखरामा एकै स्थानमा विभिन्न फरक ब्रान्डका सवारी साधनको एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल हुने

काठमाडौँ – पोखरामा निसान, ओमोडा एन्ड जेइको, जिकर, लिपमोटर र सिट्रोन लगायतका...

इभी वजारमा नयाँ खेलाडीको उदय, सिट्रोन ई–सी३ को कस्तो रहला बजार

इभी वजारमा नयाँ खेलाडीको उदय, सिट्रोन ई–सी३ को कस्तो रहला बजार

नेपाली इभी बजारमा अर्को नयाँ इलेक्ट्रिक कार सिट्रोन ई–सी३ को उदय भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...