एआई फिचर भएको सिट्रोन एयरक्रस एक्स सार्वजनिक, यस्तो छ मूल्य र फिचर

सिट्रोनले भारतीय बजारमा एयरक्रस एक्स लन्च गरेको छ । प्लस ५ सीटर, प्लस ७ सीटर र म्याक्स ७ सीटर भेरिएन्टमा उपलब्ध सो एसयुभीको सुरुवाती मूल्य ९ लाख ७७ हजार भारु निर्धारण गरिएको छ । सिट्रोनले यसअघि सी३ एक्स र वासल्ट एक्स समेत लन्च गरेको थियो ।

एसयुभीमा एलईडी डिआरएल र एलईडी फग ल्याम्प सहितको एलईडी प्रोजेक्टर हेडल्याम्प र डुअल–टोन एलोय ह्वील राखिएको छ । इन्टेरियरको कुरा गर्नुपर्दा एयरक्रस एक्समा खैरो छालाको अपहोल्स्ट्री, गोल्ड ट्रिम भएको लेदरेट ड्यासबोर्ड, ३ स्पोक स्टेयरिङ ह्वील र पुनः डिजाइन गरिएको गियर सिफ्टर उपलब्ध छ ।

सेन्टर कन्सोलमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली छ भने, अन्य सुविधाहरूमा ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, भेन्टिलेटेड फ्रन्ट सिटहरू, ३६०–डिग्री क्यामेरा, क्रूज कन्ट्रोल, अटो–डिमिङ आइआरभिएम र इन्जिन स्टार्ट÷स्टप बटन समावेश छन् ।

एयरक्रस एक्समा दिइएको सिएआरए एआई एसिस्टेन्टले उडान स्थिति ट्रयाकिङ, ट्राफिक एन्ड रुट अप्टिमाइजेसन, सवारी साधनको स्वास्थ्य स्थिति अपडेट, कलिङ र एसओएस सहित विभिन्न कार्यहरू गर्न सक्छ ।

१.२ लिटर टर्बो पेट्रोल इन्जिनको जडान गरिएको यस एसयुभीको अधिकतम पावर १०९ बिएचपी भने टर्क म्यानुअल ट्रान्समिसनको १९० एनएम र अटोमेटिकको २०५ एनएम छ । एयरक्रस एक्स ६ स्पीड म्यानुअल र ६ स्पीड अटोमेटिक गियरवक्समा उपलब्ध छ भने यसको बेस ’यू’ भेरियन्टमा १.२ लिटर प्राकृतिक रूपमा एस्पिरेटेड पेट्रोल इन्जिन पाउन सकिन्छ । जुन, ५ स्पीड म्यानुअल गियरबक्ससँग जोडिएको छ ।

सम्बन्धित समाचारहरू

सिट्रोन सी३ पेट्रोल गाडीको मूल्यमा एकै पटक ६ लाख ५० हजार कमी, अब नयाँ मूल्य २९ लाख ९९ हजार

सिट्रोन सी३ पेट्रोल गाडीको मूल्यमा एकै पटक ६ लाख ५० हजार कमी, अब नयाँ मूल्य २९ लाख ९९ हजार

काठमाडौं – सिट्रोन गाडीहरूको नेपालका लागि आधिकारिक वितरक साङ्ग्रिला...

नेपालमा सार्वजनिक भयो भारतमा बनेको नयाँ सिट्रोन सी३, यस्तो छ मूल्य र फिचर

नेपालमा सार्वजनिक भयो भारतमा बनेको नयाँ सिट्रोन सी३, यस्तो छ मूल्य र फिचर

काठमाडौं – नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले...

सिट्रोन गाडी किन्दा २ लाख ५० हजार सम्म फाइदा

सिट्रोन गाडी किन्दा २ लाख ५० हजार सम्म फाइदा

काठमाडौं – नेपालमा सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...