साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान, बीवाईडी गाडीमा ५ वर्ष निःशुल्क सर्भिसिङ र अन्य सुविधा

काठमाडौं – नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले विशेष ग्राहक केन्द्रित अभियान ०–५–१० को घोषणा गरेको छ, जसले प्रत्येक बीवाईडी ग्राहकलाई दीर्घकालीन मूल्य, विश्वसनियता र मानसिक शान्ति प्रदान गर्ने कम्पनीको निरन्तर प्रतिबद्धतालाई प्रतिविम्बित गर्ने कम्पनीको भनाइ छ ।

सीमित समयका लागि प्रदान गरिने नयाँ वर्ष अफर अन्तर्गत बीवाईडी गाडी बुक गर्ने ग्राहकहरुले ५ वर्ष सम्म शून्य सर्भिसिङ मूल्य र १० वर्ष वा २ लाख किलोमिटरको एक्सटेन्डेड वारेन्टी पाउने छन् ।

५ वर्ष सम्म शुन्य सर्भिसिङ मूल्य अन्तर्गत ग्राहकले निःशुल्क स्ट्यान्डर्ड वार्षिक मर्मत प्याकेज प्राप्त गर्नु हुनेछ, जसमा लेवर, एसी फिल्टर, ब्रेक प्याड, वाइपर ब्लेड, ट्रान्समिसन आयल, ब्रेक आयल, एलभी ब्याट्री, कुलेन्ट लगायतका कन्जुमेबल समावेश हुनेछ । कम्पनीले सिफारिस गरेको सर्भिस तालिका अनुसार पाँच वर्ष सम्मका लागि यो सुविधा उपलब्ध हुनेछ ।

त्यसैगरी प्रत्येक ग्राहकले ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटर मध्ये जुन पहिले आउँछ, त्यही वारेन्टी सुविधाको फाइदा पाउने छन् । यो ईभी उद्योगमै सबैभन्दा धेरै पाइने वारेन्टी हो, जसले गुणस्तरीयता, विश्वसनियता र ग्राहक सन्तुष्टिप्रति बीवाईडीको दीर्घकालीन प्रतिबद्धतालाई पुनःपुष्टि गर्ने कम्पनीको भनाइ छ ।

यो विशेष ०–५–१० अभियान आगामी २०८१ बैशाख ३१ सम्म गाडी बुकिङ गर्ने ग्राहकका लागि उपलब्ध हुनेछ र बीवाईडीका नेपालभर उपलब्ध सबै मोडलमा लागु हुनेछ ।

सो अभियान घोषणा वारेमा बोल्दै साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले भने, ‘नयाँ वर्षमा पदार्पण गर्दै गर्दा हामीले हाम्रा ग्राहकका साथ कार मात्र नभई एक दशक सम्मको एस्योरेन्सर र केयर समेतको उत्सव मनाउन चाहन्छौ । ०–५–१० अभियान एउटा अफर मात्र होइन, यो सफा, दिगो इलेक्ट्रिक मोबिलिटीतर्फ नेपालको संक्रमणका लागि हाम्रो दीर्घकालीन प्रतिबद्धताको प्रतिविम्ब पनि हो । हामीप्रति ग्राहकले गर्नुभएको लगातारको विश्वासका लागि हामी उहाँहरुलाई धन्यवाद दिन चाहन्छौ र हरित भविष्यका लागि साथै अगाडि बढ्ने आशा गर्दछौ ।’

यो आकर्षक अफरको वारेमा जानकारी लिनका लागि ग्राहकले कुनै पनि आधिकारिक बीवाईडी शोरुम वा नेपालभर चलिरहेका डिस्प्ले इभेन्टको भ्रमण गर्न सक्ने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

चीनमा टेस्लाको बिक्रीमा कमी, बीवाईडीको बिक्री २१ प्रतिशतले वृद्धि

चीनमा टेस्लाको बिक्रीमा कमी, बीवाईडीको बिक्री २१ प्रतिशतले वृद्धि

चिनियाँ अटोमेकर कम्पनी बीवाईडीले दोस्रो त्रैमासिकमा इलेक्ट्रिक सवारी...

५९० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार लन्च, ५.७ सेकेन्डमा १०० किमी सम्मको स्पिड

५९० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार लन्च, ५.७ सेकेन्डमा १०० किमी सम्मको स्पिड

बीएमडब्ल्यु इन्डियाले भारतमा आई४ अल इलेक्ट्रिक सेडान कार लन्च गरेको छ ।...

वर्षाको समयमा विद्युतीय सवारीसाधन चार्ज गर्न कति सुरक्षित छ ?

वर्षाको समयमा विद्युतीय सवारीसाधन चार्ज गर्न कति सुरक्षित छ ?

मनसुन चलिरहेको छ र मानिसहरु पेट्रोल र डिजेलको महँगो मूल्यबाट बच्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...