साइमेक्स बीवाईडीले विपद् प्रभावित क्षेत्रका लागि अर्थमन्त्रीलाई हस्तान्तरण ग-यो ७ करोडको चेक

काठमाडौं - नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बाढी तथा विपद् प्रभावित क्षेत्रका नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ७ करोड रुपैयाँ उपलब्ध गराएको छ ।

साइमेक्स इंकका चेयरम्यान अनिल श्रेष्ठ र म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठले ७ करोड रुपैयाँको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे ।

बीवाईडीले हालै आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा जिल्ला लगायतका क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेको थियो । त्यही घोषणा अनुसारको रकम हालै हस्तान्तरण गरिएको हो ।

बाढी प्रभावित क्षेत्रका नागरिकले कठिन परिस्थितिको सामना गरिरहेको यस समयमा बीवाईडी र यसको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपाली जनता तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता र प्रतिबद्धता व्यक्त गर्दै उक्त सहयोग घोषणा गरेका हुन् ।

यो सहयोगबाट बाढी प्रभावित क्षेत्रमा सरकारद्वारा सञ्चालन भइरहेका उद्धार, उपचार, तत्कालीन राहत, पुनस्र्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलगायतका कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

हालैको बाढीका कारण ठूलो क्षति व्यहोरेको रसुवा जिल्ला नेपाल र चीनलाई जोड्ने महत्वपूर्ण प्रवेशद्वार तथा व्यापारिक मार्ग हो । नेपालमा बीवाईडीका सवारीसाधन आयात हुने प्रमुख व्यापारिक मार्गका रूपमा समेत यस क्षेत्रको विशेष महत्व रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...