नयाँ ईभी कर नितीपछि बीएमडब्लू आईएक्स१ को मूल्य १ करोड ३० लाखले वृद्धि
काठमाडौंः बीएमडब्लू गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी प्रिमियम...
चीप अभावको समस्यासंग जुधिरहेको जर्मन अटो निर्माता बिएमडब्लुले कनेक्टिभिटी फिचर्स नराखिकनै गाडी बिक्रीका लागी पठाउन थालेको छ । अन्तराष्ट्रिय संचार माध्यममा जनाइए अनुसार ३ सिरिज, ४ सिरिज, जेड४ र अन्य थुप्रै क्रसओभर एप्पल कार प्ले र एन्ड्रोइड अटो फिचर वेगर नैै बिक्रीका लागि पठाइएको हो । यसरी पठाइएका कारमा पछि यी फिचर्स अपडेट गर्ने उसको भनाई छ ।
यसरी कनेक्टिभिटी फिचर्स वेगर नै पठाइएका गाडी कुन कुन देश र कति संख्यामा पठाइएको छ भन्नेवारे यकिन विवरण नआएपनि अमेरिका, फ्रान्स र इटाली लगायत देशमा यी गाडी निर्यात गरिएको हुनसक्ने अनुमान गरिएको छ । विएमडब्लु ग्रप अन्गर्ततकै मिनी व्रान्डले समेत केही हप्ता अघि चीप अभावको समस्या देखाउँदै म्यानुअल ट्रन्समिसनको उत्पादन वन्द गर्ने निर्णय लिएको थियो ।
चीप अभावका कारण विएमडब्लु प्रभावित बनेको यो पहिलो पटक भने होइन । यसअघि पनि उसले आफ्ना केही मोडलमा टचस्क्रिन सुविधा कटौती गर्नु परेको थियो । कोरोना माहामारीसंगै देखिएको चीप अभावले पछिल्लो दिनहरुमा भयवह रुप लिइरहेको छ ।
जसका कारण विश्वभरमै रहेका अटो उत्पादकहरु प्रभावित वनिरहेका छन् भने अर्कोतर्फ गाडीको मूल्य समेत बढिरहेको छ । यो समस्याले लामो समयसम्म निरन्तरता पाउने र भविष्यमा सवैजसो अटो उत्पादनमा नराम्रो प्रभाव पार्ने विश्लेषकहरुले बताएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...