चीप अभावको समस्या यामाहा मोटरसाइकलमा समेत देखियो, एमटी१५ र आर१५ को बिक्री प्रभाबित बन्न सक्ने

चीप अभावको समस्या फोर ह्विलरसंगै अन्तत टु ह्विलरमा समते देखा परेको छ । हाल यामाहामा देखा परेको यो समस्याले बिस्तारै अन्य ब्रान्डलाई समेत प्रभाब पार्ने देखिएको छ । जापनिज टु ह्विलर निर्माता यामाहाले उक्त समस्याका कारण भारतमा प्रिमियम मोडलका मोटरसाइकलको उत्पादन प्रभाबित बन्न थालेको बताएसंगै यो समस्याले भोलिका दिनमा अन्य ब्रान्डलाई समेत असर गर्न अनुमान गरिएको हो । कम्पनीका अनुसार चीप अभावको सबैभन्दा ठूलो असर यसका प्रिमियम मोडलका मोटरसाइकलमा देखा परेको हो ।

पछिल्लो समय भारतीय बजारमा एमटी १५ र आर१५ जस्ता प्रिमियम मोडलको माग बढ्दै गएक कारण उत्पादन बढाउनुपर्ने दबावमा रहेको यामाहाले चीप अभावका कारण उल्टै उत्पादन कटौती गर्नुपर्ने देखिएको छ । जसले यामाहाको बिस्तार हुँदै गरेको बजारमा ठूलो धक्का पुग्ने अनुमान लगाइएको छ । चीप अभावकै कारण स्कुटर र अन्य कतिपय मोटरसाइकलको उत्पादनमा भने समस्या नआउने उसको भनाई छ ।

भारतमा यामाहाको ठूलो बजार प्रिमियम मोडलले लिने गरेको छ । अन्य ब्रान्डले मुलत कम्युटर सेग्मेन्टमा जोड दिएका कारण उनीहरुलाई खासै असर नपर्ने समेत अनुमान लगाइएको छ । यस्तो अबस्थामा कम्पनीले यो सेमीकन्डक्टको उचित ब्यवस्थापन गर्ना नसकेको खण्डमा बजार नराम्रोसंग प्रभाबित बन्ने बिष्लेशणहरु हुन थालेका छन् ।

भारतीय बजारमा देखा परेको यो समस्याले यामाहाको नेपाली बजारमा समेत प्रभाव पार्ने देखिन्छ । २ महिनाअघि सार्बजनिक गरिएको एमटी १५ बिएस६ मोडलमा ग्राहकको आकर्षण बढेपनि माग बमोजिम आपूर्ती हुन नसकेका कारण यो मोटरसाइकल अहिले पनि सर्टेजकै अबस्थामा छ ।

सम्बन्धित समाचारहरू

यामाहाले सार्वजनिक ग-यो इलेक्ट्रिक स्कुटर, उत्पादन छिट्टै शुरु हुने

यामाहाले सार्वजनिक ग-यो इलेक्ट्रिक स्कुटर, उत्पादन छिट्टै शुरु हुने

यामाहाले नयाँ इलेक्ट्रिक स्कुटर नियो, ई०१ ग्लोबल रुपमा सार्वजनिक गरेको छ र...

यामाहा एमटी१५ र एफजेड–एसको नयाँ भेरिएन्ट सार्बजनिक, अटो शोमा ७ हजार छुट

यामाहा एमटी१५ र एफजेड–एसको नयाँ भेरिएन्ट सार्बजनिक, अटो शोमा ७ हजार छुट

काठमाडौं–यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु राइड्सले नाडा...

रेजेडआर १२५ एफआई हाइब्रिडका लागि यामाहा नेपालको ‘हाइएस्ट माइलेज इन नेपाल’ अभियान

रेजेडआर १२५ एफआई हाइब्रिडका लागि यामाहा नेपालको ‘हाइएस्ट माइलेज इन नेपाल’ अभियान

काठमाडौं–यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडका लागि यामाहा नेपालले ७१.३३...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...