डोङफेङले ल्यायो यस्तो सुपर ब्याट्री, फुल चार्जमा १ हजार किलोमिटर

चीनको अग्रणी अटोमोबाइल कम्पनी डोङफेङले आफ्नो नयाँ सोलिड स्टेट ब्याट्रीको परीक्षण सुरु गरेको छ। कम्पनीले चीनको सबैभन्दा चिसो क्षेत्र मोहेमा सवारी साधनको काफिला पठाएर ब्याट्रीलाई कडा परीक्षणमा राखेको छ। नयाँ सुपर ब्याट्रीले कारलाई एक पटक चार्ज गर्दा १,००० किलोमिटर यात्रा गर्न सक्षम बनाउने कम्पनीको दाबी छ र माइनस ४० डिग्री सेल्सियसको तापक्रममा पनि सफल हुने बताइएको छ ।

परीक्षणको उद्देश्य अत्यधिक चिसोमा ब्याट्रीले कति दूरी तय गर्न सक्छ, कति छिटो चार्ज हुन्छ, र बारम्बार जम्ने तापक्रमले यसको आयुमा कस्तो प्रभाव पार्छ भन्ने जाँच गर्नु हो। कम्पनीले दाबी गरेको छ कि माइनस ३० डिग्री सेल्सियस जस्तो अत्यधिक चिसो तापक्रममा पनि ब्याट्रीले आफ्नो ७२ प्रतिशत पावर कायम राख्छ, जुन सामान्य ब्याट्री भन्दा धेरै राम्रो मानिएको छ । परीक्षण सफल भएमा इलेक्ट्रिक कारको सबैभन्दा ठूलो समस्या कम माइलेज र चिसो मौसममा कम रेन्ज हटाउन सकिन्छ।

डोङफेङको नयाँ ब्याट्रीको सबैभन्दा ठूलो विशेषता यसको पावर डेन्सिटी हो । साथै यस ब्याट्रीले चिसो मात्र नभई अत्यधिक गर्मीमा पनि राम्रो प्रदर्शन गर्छ। १७० डिग्री सेल्सियसको तापक्रममा परीक्षण गर्दा यसले सुरक्षित प्रदर्शन देखाएको छ र आगोको जोखिम न्यून रहेको पाइएको छ।

डोङफेङले आफ्नो प्रयोगशालाबाट कारखानामा ब्याट्री सार्न तयार भएको जनाएको छ। कम्पनीले सानो कारखाना सञ्चालन गरिसकेको छ र ठूलो उत्पादन सेप्टेम्बर २०२६ सम्ममा गर्ने लक्ष्य राखेको छ।

कम्पनीले सो प्रविधि आफै विकास गरेको हो र १८० भन्दा बढी पेटेन्ट दर्ता गरिसकेको छ। हाल ३५० वाट घण्टा ऊर्जा क्षमताको ब्याट्री उत्पादन भइरहे पनि भविष्यमा ५०० वाट-घण्टा ऊर्जा क्षमता पुर्‍याउने योजना रहेको छ। यस प्रकारका ब्याट्रीहरू लिथियम-आयन ब्याट्री भन्दा सुरक्षित, छिटो चार्ज हुने र लामो दूरी तय गर्न सक्ने बताइएको छ।

सम्बन्धित समाचारहरू

सेरेस ग्रुपको सुपर फ्याक्ट्रीमा सीएटीएलको ब्याट्री प्रोडक्सन लाइन

सेरेस ग्रुपको सुपर फ्याक्ट्रीमा सीएटीएलको ब्याट्री प्रोडक्सन लाइन

ईभी ब्याट्री निर्माता कम्पनीको रुपमा लोकप्रिय कम्पनी सीएटीएल अर्थात...

२०३० सम्म ठूलो मात्रामा सोलिड स्टेट ब्याट्री उत्पादन गर्ने योजनामा बीवाईडी

२०३० सम्म ठूलो मात्रामा सोलिड स्टेट ब्याट्री उत्पादन गर्ने योजनामा बीवाईडी

बीवाईडीले अल–सोलिड–स्टेट ब्याट्री विकास गर्ने कार्यमा महत्वपूर्ण योजना...

सत्यदिप इन्टरनेसनल अब लिथियम आयोन ब्याट्री व्यवसायमा, क्यामेल ब्रान्डसँग सहकार्यको घोषणा

सत्यदिप इन्टरनेसनल अब लिथियम आयोन ब्याट्री व्यवसायमा, क्यामेल ब्रान्डसँग सहकार्यको घोषणा

काठमाडौं – नेपालमा लामो समयदेखि अटोमोटिभ पार्ट्स व्यवसायमा संलग्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...