चीनमा हाइड्रोजन ड्रोनद्वारा ३० घण्टा निरन्तर उडान गरी नयाँ कीर्तिमान कायम

चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो ।

झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् ।

हाइड्रोजनको विशेष ऊर्जात्मक गुणलाई ध्यानमा राखी यस ड्रोनले प्राविधिकरूपमा ठूलो उपलब्धि हासिल गरेको विकासकर्ताहरूले बताएका छन् । यो कीर्तिमानी उडान चीनको दक्षिण–पश्चिम सिचुवान प्रान्तको दुज्याङयान क्षेत्रमा गरिएको थियो ।

ड्रोनलाई उडाउनको लागि चालकविहीन सवारीसाधनको छतमा राखेर चलाइएको थियो । सवारी साधन गतिमा रहँदा त्यसैको माथिबाट ड्रोन सफलतापूर्वक उडाइएको थियो ।

उडानको क्रममा ड्रोनले आफ्नो बोर्डमा रहेको प्रविधिमार्फत जमिनबाट टाढा रहेर पनि स्थायी रूपमा निगरानी गर्न सक्ने क्षमता देखाएको थियो । यसले हाइड्रोजन ड्रोनको प्रयोग अत्यन्त सम्भावनायुक्त रहेको देखाएको छ ।

सम्बन्धित समाचारहरू

दायुन ईभीका वारेमा चिनियाँ कम्पनीको स्पष्टिकरण, नेपाली बजारलाई थप सहयोगको प्रतिबद्धता (चिठीसहित)

दायुन ईभीका वारेमा चिनियाँ कम्पनीको स्पष्टिकरण, नेपाली बजारलाई थप सहयोगको प्रतिबद्धता (चिठीसहित)

चिनियाँ इलेक्ट्रिक कार निर्माता कम्पनी दायुनका वारेमा केही समय पहिले...

टाटा टियागो ईभीको खुल्यो बुकिङ

टाटा टियागो ईभीको खुल्यो बुकिङ

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी...

डोङफेङ नामी र भिगो ईभीको बढ्यो मूल्य, नयाँ मूल्य कति ?

डोङफेङ नामी र भिगो ईभीको बढ्यो मूल्य, नयाँ मूल्य कति ?

काठमाडौं – नेपालका लागि डोङफेङ नामी र भिगो ईभीको आधिकारिक वितरक एमएडब्लु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...