एक्सपेङले चिनियाँ प्रतिस्पर्धी कम्पनी दिदीलाई ७४ करोड अमेरिकी डलरमा किन्ने

काठमाडौँ - चिनियाँ विद्युतीय कार कम्पनी एक्सपेङले भाडामा यातायात सेवा प्रदान गर्ने (राइड–हेलिङ्ग प्लेटफर्म) दिदीको विद्युतीय सहायक कम्पनी ७४ करोड अमेरिकी डलरभन्दा बढीमा खरिद गर्ने र नयाँ ब्रान्डका सवारी साधन सार्वजनिक गर्ने सोमबार घोषणा गरेको छ ।

सन् २०१५ मा दक्षिणी प्रान्त गुआङडोङमा स्थापना भएको एक्सपेङ विश्वको सबैभन्दा ठूलो कार बजारमा विद्युतीय सवारी साधनमा आएको उछालको फाइदा उठाउन हालैका वर्षहरूमा उदाएका दर्जनौं चिनियाँ कम्पनीमध्ये एक हो ।

दिदी चीनको अग्रणी कार–हेलिङ्ग एप हो जसले विद्युतीय सवारी डिजाइन गर्ने सहायक कम्पनी पनि सञ्चालन गर्दछ । हङकङ स्टक एक्सचेन्जलाई दिएको जानकारीअनुसार एक्सपेङले दिदीसँग ७४ करोड ४० लाख अमेरिकी डलरमा उक्त सहायक कम्पनी किन्ने सम्झौता गरेको हो । यसले दीदीसँग साझेदारी गर्दै अर्को वर्ष नयाँ ब्रान्डको विद्युतीय कारहरू बजारमा ल्याउनेछ ।

चिनियाँ स्टक बजारले सम्झौताको स्वागत गरेको छ । जसले चिनियाँ निर्मातालाई सम्भावित प्रतिस्पर्धीलाई हटाउन र यसको उन्नत प्रविधिमा पहुँच प्राप्त गर्न अनुमति दिन्छ । एक्सपेङको शेयर सोमबार बिहान करिब १३ प्रतिशतले बढेको छ ।

सिलिकन भ्याली र एम्स्टर्डममा यसको कार्यालयहरू रहेको यस कम्पनीले युरोपमा पनि आफ्ना केही उत्पादनहरूको बजारीकरण गर्छ र करिब १४ हजार ४०० मानिसहरूलाई रोजगार दिँदै आएको छ । सिलिकन भ्याली र एम्स्टर्डममा यसको कार्यालयहरू छन् ।

एक्सपेङले सन् २०२३ को पहिलो छ महिनामा ४१ हजार ४३५ वटा गाडी बिक्री गरेको छ, जुन गत वर्षको तुलनामा ४० प्रतिशतले कम हो । हरितगृह ग्यास उत्सर्जन गर्ने विश्वकै सबैभन्दा ठूलो देश चीनले सन् २०३५ सम्ममा अधिकांश कार बिक्री विद्युतीय र हाइब्रिड बनाउने लक्ष्य राखेको छ ।

बीवाईडी, नियो, एक्सपेङ र अन्य फर्मजस्ता कम्पनीहरूद्वारा सञ्चालित उदार खरीद अनुदानले हालैका वर्षहरूमा विद्युतीय सवारी साधानको उत्पादनमा उछाल ल्याएको छ ।

सम्बन्धित समाचारहरू

पहिलो पटक जापानी इलेक्ट्रिक कार ६० लाख मूल्य सहित नेपालमा, यस्ता छन् विशेषता

पहिलो पटक जापानी इलेक्ट्रिक कार ६० लाख मूल्य सहित नेपालमा, यस्ता छन् विशेषता

काठमाडौं – निसानले नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्प...

यस्तो छ नेपाल आउने तयारीमा रहेको इलेक्ट्रिक कार किया ईभी–६

यस्तो छ नेपाल आउने तयारीमा रहेको इलेक्ट्रिक कार किया ईभी–६

किया गाडीको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले नयाँ...

सोनी र होन्डाको सहकार्यमा तयार भएको इभी जनवरी ४ मा सार्वजनिक हुँदै

सोनी र होन्डाको सहकार्यमा तयार भएको इभी जनवरी ४ मा सार्वजनिक हुँदै

जापानका दुई प्रख्यात कम्पनी सोनी र होन्डाले सहकार्य गरेर तयार पारेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...