चीनले फ्लस टाइप पावर्ड डोर ह्यान्डलमा लगायो प्रतिबन्ध, कारणले विश्व अचम्मित

चीनले कार सेफ्टी सम्बन्धी नियमहरूमा ऐतिहासिक परिवर्तन गरेको छ। चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले जनवरी १, २०२७ देखि देशमा बिक्री हुने सबै कारहरूमा भित्र र बाहिर दुवैतर्फ अनिवार्य रूपमा मेकानिकल अर्थात् म्यानुअल डोर रिलिज सिस्टम हुनुपर्ने नयाँ नियम घोषणा गरेको छ।

सो निर्णय विशेष गरी टेस्ला लगायतका कम्पनीहरूले लोकप्रिय बनाएका फ्लस टाइप पावरयुक्त ढोका ह्यान्डलहरूलाई लक्षित गरेर ल्याइएको हो । हालैका केही गम्भीर दुर्घटनापछि यस्ता ह्यान्डलहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठेपछि चीन सरकारले कडा कदम चालेको हो ।

चीनले सन् २०२४ को जुलाई महिनादेखि इलेक्ट्रिक सवारी साधनमा प्रयोग हुने डोर ह्यान्डलहरूको सुरक्षा मापदण्डको समीक्षा सुरु गरेको थियो । यसको मुख्य कारण केही घातक दुर्घटनापछि यात्रुहरू गाडीभित्रै फसेका थिए। विशेषगरी शाओमी कम्पनीका इलेक्ट्रिक कारसँग सम्बन्धित दुई ठूला दुर्घटनामा ठक्करपछि आगो लागेको र बिजुली सिस्टम असफल हुँदा ढोका नखुलेको आशंका गरिएको थियो । यसले गर्दा यात्रुहरू समयमै बाहिर निस्कन नसकी ज्यान गुमाउनु परेको थियो ।

यस्ता डोर ह्यान्डलहरू पूर्ण रूपमा इलेक्ट्रोनिक सिस्टममा निर्भर हुने भएकाले दुर्घटनापछि ब्याट्री डिस्चार्ज, सर्ट सर्किट वा पावर आउटेज हुँदा यी सिस्टमहरू निष्क्रिय हुने खतरा रहन्छ। यद्यपि केही कारहरूमा म्यानुअल ब्याकअप उपलब्ध हुन्छ, तर ती प्रायः लुकेका हुन्छ र विशेषगरी पछाडिको सिटमा बस्ने यात्रुहरूका लागि सहज रूपमा देखिँदैन । यही जोखिमलाई मध्यनजर गर्दै चीनले अब उपकरणबिना नै सजिलै प्रयोग गर्न सकिने, इलेक्ट्रिक सिस्टमबाट स्वतन्त्र मेकानिकल ह्यान्डल अनिवार्य गरेको हो ।

यी ह्यान्डलहरू केवल ठूला दुर्घटनामा मात्र होइन, दैनिक प्रयोगमा पनि जोखिमपूर्ण रहेको चिनियाँ अधिकारीहरूको निष्कर्ष छ। फ्लस डिजाइन भएका डोर ह्यान्डलहरूमा औंला जोगाउने सुरक्षा संरचना नहुँदा बालबालिका र वृद्धवृद्धाहरूलाई औंलामा चोट लाग्ने घटनाहरू विश्वभर बढ्दै गएको छ ।  यसले डिजाइन र आकर्षणलाई सुरक्षाभन्दा अगाडि राखिएको हो कि भन्ने प्रश्न पनि उठाएको छ ।

रिपोर्टका अनुसार टेस्लासँग सम्बन्धित करिब एक दर्जन दुर्घटनामा कारमा आगो लागेपछि इलेक्ट्रोनिक डोर सिस्टम असफल हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको दाबी गरिएको छ। नयाँ नियम लागू भएपछि चीनमा बिक्री हुने प्रत्येक कारमा भित्र र बाहिर दुवैतर्फ स्पष्ट रूपमा देखिने र सजिलै प्रयोग गर्न सकिने मेकानिकल डोर रिलिज सिस्टम अनिवार्य हुनेछ । बिजुली पूर्ण रूपमा बन्द भए पनि यी ढोकाहरू खोल्न सकिनेछ । आगलागी, पानीजन्य दुर्घटना वा अन्य आपतकालीन अवस्थामा यात्रुहरू छिटो र सुरक्षित रूपमा गाडीबाट बाहिर निस्कन सक्षम हुनेछ ।

सम्बन्धित समाचारहरू

धनगढीका मेयर गोपाल हमाललाई स्काइवेलको प्रिमियम विद्युतीय एसयूभी डेलिभरी

धनगढीका मेयर गोपाल हमाललाई स्काइवेलको प्रिमियम विद्युतीय एसयूभी डेलिभरी

नाडा अटोशो २०२४ मा जी मोटर्स प्रालि स्काईवेलका विद्युतीय सवारीको आधिकारिक...

अब पर्यटकले अनलाइनमार्फत ‘बस टिकट’ काट्न पाउने

अब पर्यटकले अनलाइनमार्फत ‘बस टिकट’ काट्न पाउने

काठमाडौं -आन्तरिक तथा बाह्य पर्यटकले अनलाइनमार्फत बस टिकट खरिद गर्न पाउने...

यी हुन कार किन्दा अनिवार्य जस्तै  बनेका आधुनिक फिचर

यी हुन कार किन्दा अनिवार्य जस्तै बनेका आधुनिक फिचर

अटोमोबाइल बजार तीव्र गतिमा परिवर्तन हुँदै गएको छ। विभिन्न सेगमेन्टमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...