यसरी भएको थियो चीनले सङ्घीय संसद् सचिवालयलाई दिने सवारी साधन सहयोगको घोषणा

चीन सरकारले सङ्घीय संसद् सचिवालयलाई सहयोगस्वरुप आठ वटा अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ ।

एक वर्षअघि नेपाल भ्रमणमा आएका चीनको जनकांग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्सुले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा सचिवालयलाई सहयोग गर्ने प्रतिबद्धताअनुरुप ती सवारी साधन प्राप्त भएको हो । 

अध्यक्ष चान्सुको सहयोग गर्ने चाहना तथा तत्कालीन सभामुख सापकोटाको पहल र अनुरोधमा तीन वटा एयुभी र पाँच वटा विद्युतीय कार प्राप्त भएको राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरजकुमार दुराले जानकारी दिए । 

करिब रु तीन करोड मूल्य बराबरका ती सवारीसाधन चीनले केही दिनअघि संसद् सचिवालयका कर्मचारी टोलीलाई नेपाल–चीन सीमा नाका केरुङमा हस्तान्तरण गरेको थियो । विश्व प्रसिद्ध इलेक्ट्रिक सवारी साधन ब्रान्ड बीवाईडीका सवारी साधन त्यसरी उपलब्ध गराइएको हो ।

हाल ती सवारी साधन संसद् भवन परिसरमा रहेको र  नम्बर प्लेट र दर्ताको काम भइरहेको जानकारी दिइएको छ । यसअघि चीनले सन् २०१६ मा पनि सचिवालयलाई सहयोगस्वरुप केही सवारी साधान उपलब्ध गराएको थियो । 

विसं २०७९ भदौ २७ देखि नेपाल भ्रमणमा आउँदा भएको भेटघाटका सिलसिलामा भएको कुराकानीपछि सहयोग गर्ने चाहना राखेपछि सचिवालयले उक्त प्रस्ताव गरेको थियो । 

सम्बन्धित समाचारहरू

यस्तो छ एक पटक चार्जमा २२० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक बाइक

यस्तो छ एक पटक चार्जमा २२० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक बाइक

भारतीय ईभी निर्माता कम्पनी एमएक्समोटोले मेटल स्ट्रङ्ग एम१६ ई–बाइक...

अब होटेल तथा रेस्टुरेन्टको लागि १० हजारमा लेभ्निङको फुड डेलिभरी इलेक्ट्रिक स्कुटर

अब होटेल तथा रेस्टुरेन्टको लागि १० हजारमा लेभ्निङको फुड डेलिभरी इलेक्ट्रिक स्कुटर

काठमाडौं – बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ...

डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर, ८० हजार छुट पाइने

डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर, ८० हजार छुट पाइने

काठमाडौं – डोङफेङ नामीले चाडपर्व आउनु अगावै ग्राहकहरूलाई उत्सवको अनुभव...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...