छोटो समयमै नेपालीको मन जित्न सफल नामीको इलेक्ट्रिक एसयूभी ‘भिगो’
नेपालको इलेक्ट्रिक सवारी बजारमा नयाँ ब्रान्डले छोटो समयमै आफ्नो पहिचान...
काठमाडौं – बहुप्रतीक्षित चेरी क्यु आधिकारिक सार्वजनिक प्रदर्शन हुनुअघि नै काठमाडौंमा देखिएपछि अटोमोबाइल प्रेमीहरू र सर्वसाधारणबीच उत्साह र चासो बढेको छ। चेरी क्युको आधिकारिक नेपाल डेब्यु २०२६ अगस्ट ११ देखि १६ अर्थात साउन २६ देखि ३१ सम्म काठमाडौंको भृकुटीमण्डमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा हुनेछ।
नेपालका लागि चेरीको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले चेरी क्युको आधिकारिक सार्वजनिक प्रस्तुति नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा हुने पुष्टि गरेको छ। प्रदर्शनीका आगन्तुकहरूले पहिलो पटक यस अत्याधुनिक विद्युतीय सवारीलाई नजिकबाट अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन्। चेरीको नयाँ पुस्ताको विद्युतीय सवारीसाधनमध्ये एक रहेको चेरी क्युले आफ्नो नवीन डिजाइन र भविष्यमुखी शहरी गतिशीलताको अवधारणाका कारण अन्तर्राष्ट्रिय स्तरमै प्रशंसा बटुलिसकेको छ।
सेग्मेन्टकै उत्कृष्ट सुविधासहित आएको चेरी क्युमा ४१.२ किलोवाट आवर क्षमताको ब्याट्री, ४०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज, ५४० डिग्री सराउन्ड क्यामेरा, १७५ एमएम ग्राउण्ड क्लियरेन्स, ७० लिटर फ्रंक (अगाडिको स्टोरेज) स्पेस, १५.६ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम तथा २० भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) जस्ता आधुनिक सुविधाहरू उपलब्ध छन्।
आधुनिक शहरी जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको यो अर्बन क्रसओभरले आकर्षक डिजाइन र स्मार्ट प्रविधिको उत्कृष्ट संयोजन प्रस्तुत गर्दछ।
चेरी क्युले विश्वप्रसिद्ध रेड डट डिजाइन अवार्ड २०२५ तथा आईएफ डिजाइन अवार्ड २०२६ समेत जितिसकेको छ। काठमाडौंमा सार्वजनिक रूपमा देखिएसँगै यस गाडीले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ, जसले यसको आधिकारिक सार्वजनिक प्रदर्शनप्रति अझ बढी उत्सुकता सिर्जना गरेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...