७२० किलोमिटर रेन्ज दिने चेरीको नयाँ इलेक्ट्रिक सेडान सार्वजनिक

चिनीयाँ अटो निर्माता चेरीले नयाँ इलेक्ट्रिक कार ‘एक्सिड स्टेरा’ सार्वजनिक गरेको छ । ४ वटा पावरट्रेनको अप्सन दिइएको सो नयाँ कारले एकपटकको सिंगल चार्जमा ७२० किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको छ । एक्सिड स्टेरालाई कम्पनीले यसै वर्षको अन्तिमतिर औपचारिक लन्च गर्ने योजना बनाएको छ ।

सो नयाँ कारमा चेरीले सिएटिएलको लिथियम आइरन म्याग्नेसिस फस्फेट ब्याट्री सहित २३० किलोवाट मोटर, बीवाइडीको ब्लेड व्याट्री सहित १८५ किलोवाट मोटर, सिएटिएलकै लिथियम आइरन फस्फेट ब्याट्री सहित २३० किलोवाट मोटर र सिएटिएलको ब्याट्री सहित डुअल मोटर अप्सन दिएको जनाइएको छ ।

चेरीको सो नयाँ इलेक्ट्रिक कार टु–ह्विल र फोर–ह्विल ड्राइभ अप्सनमा उपलब्ध हुनेछ । यसले ८०० भोल्टको हाई भोल्टेज फास्ट चार्जिङ प्लेटफर्म सपोर्ट गर्नसक्ने कम्पनीको भनाई छ । कारलाई ५ मिनेट चार्ज गर्दा १५० किलोमिटर गुडाउन सकिन्छ ।

यसको इन्टेरियरमा १६ इन्चको फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रिन, १२.३ इन्चको फुल एलसिडी इन्सट्रयुमेन्ट प्यानल, टु स्पोक लेदर ¥याप्ड स्टेरिङ ह्विल, हुवाएबाट लिइएको अपरेटिङ सिस्टम, डिजिटल हेड अप डिस्प्ले र वोसको अडियो सिस्टम लगायत फिचर दिइएको छ । साथै यसमो चेरी आफैले विकास गरेको लायन एआई सिस्टम समेत पाउन सकिनेछ ।

सम्बन्धित समाचारहरू

टीभीएस, बजाज र एथरको प्रभाव बढ्दा ओलाको बजार हिस्सा ५० प्रतिशतले घट्यो

टीभीएस, बजाज र एथरको प्रभाव बढ्दा ओलाको बजार हिस्सा ५० प्रतिशतले घट्यो

भारतिय इलेक्ट्रिक टु–ह्विलर बजारमा सर्बाधिक बिक्री हुने ब्रान्डका रुपमा...

नेपाली इलेक्ट्रिक मोटरसाइकल यात्री पी–१ सोल्ड आउट, अर्को बुकिङ फेरि खुल्ने

नेपाली इलेक्ट्रिक मोटरसाइकल यात्री पी–१ सोल्ड आउट, अर्को बुकिङ फेरि खुल्ने

काठमाडौं – नेपाली युवाहरुको डिजाइनमा निर्माण भएको इलेक्ट्रिक मोटरसाइकल...

नेटा लाइनअपमा थपिँदै तीन नयाँ मोडल, नेटा एक्स अर्को महिना लन्च हुने

नेटा लाइनअपमा थपिँदै तीन नयाँ मोडल, नेटा एक्स अर्को महिना लन्च हुने

चिनियाँ ईभी निर्माता होजोन मोटर्सले दुई वर्षभित्र थप तीन नयाँ मोडल लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...