चेरी ब्रान्ड नेपाल प्रवेश गर्ने आधिकारिक घोषणा, सम्पन्न भयो समारोह

काठमाडौं – विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड ‘चेरी’ आधिकारिक रुपमा नेपाली बजार मा प्रवेश गरेको छ । आज आयोजित एक भर्चुअल हस्ताक्षर समारोह मार्फत, आफ्नो आधिकारिक वितरकको रूपमा एसपीजी अटोमोबाइल्ससँग सम्झौता पत्र हस्ताक्षर गरिएको छ ।

चेरी २००३ देखि चीनको सबैभन्दा ठूलो प्यासेन्जर भेइकल निर्यातकर्ता हो । यो बहुप्रतीक्षित ब्रान्डले नेपालको अटोमोबाइल क्षेत्रमा प्रबेश गरेपछि नेपाली अटोमोबाइल उद्योगमा सकारात्मक प्रभाव पार्ने कुरामा कम्पनी विश्वस्त रहेको बताएको छ ।

चेरी इन्टरनेसनलका अध्यक्ष झाङ गिबिङका अनुसार दुई पक्षबीचको सहकार्यले नेपाली अटोमोबाइल क्षेत्रको विकासमा टेवा पुग्नेमा चेरी इन्टरनेसनल विश्वस्त छ । साथै नेपालमा दीर्घकालीन व्यापार रणनीतिको अनुशरण गर्दै चेरीले नयाँ उत्पादनको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने र बजारको मागलाई सम्बोधन गर्ने आयोजना रहेको पनि उनले जानकारी दिए ।

एसपीजी अटोमोबाइल्स शारदा ग्रुप अन्तर्गतको कम्पनी हो । कम्पनीले चाँडै नै नेपाली बजारमा चेरी ब्रान्डको गाडी उपलब्ध गराउने बताएको छ ।

शारदा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले नेपाली बजारमा निसान र ड्याटसन गाडी समेत बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

एमजी एस्टरलाई नेपाल ल्याउँदै पारामाउन्ट मोटर्स, यस्ता छन् फिचर, पावर र पर्फमेन्स

एमजी एस्टरलाई नेपाल ल्याउँदै पारामाउन्ट मोटर्स, यस्ता छन् फिचर, पावर र पर्फमेन्स

आयात प्रतिवन्धका कारण नेपाल आउन रोकिएको एमजी एस्टर अव छिट्टै आउने भएको छ ।...

लन्च भयाे एमजी एस५, मूल्य ४३ लाख ९९ हजार

लन्च भयाे एमजी एस५, मूल्य ४३ लाख ९९ हजार

काठमाडाैं – एमजीको बहुप्रतिक्षित विद्युतीय एसयूभी एस५ नेपाली बजारमा...

एमजीले अब साना र सस्ता ईभीको उत्पादनमा जोड दिने, कम्प्याक्ट एसयूभी र ह्याचब्याक आउन सक्ने

एमजीले अब साना र सस्ता ईभीको उत्पादनमा जोड दिने, कम्प्याक्ट एसयूभी र ह्याचब्याक आउन सक्ने

अघिल्लो बर्ष भारतीय बजारमा एमजी जेडस ईभीलाई उतारेर चर्चामा आएको एमजी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...