चौतारा-काठमाडौंमा अब विद्युतीय गाडी

काठमाडाैँ - सिन्धुपाल्चोकको चौताराबाट काठमाडौंसम्म विद्युतीय गाडी सञ्चालन हुन थालेको छ। सिन्धुचौतारा यातायातले सानो सिरूवारी र स्याउलेबाट विद्युतीय गाडी सञ्चालन गरेको हो।

चौताराका युवा व्यवसायी हिरोमणि श्रेष्ठ र निमेष श्रेष्ठले विद्युतीय गाडी सञ्चालन गरेका हुन्। पहिलो चरणमा १०र१० सिट यात्रु क्षमता भएको चार बसबाट सेवा प्रदान गरिएको व्यवसायी निमेष श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार हाललाई चौतारा–काठमाडौंमा सञ्चालन भइरहेको अन्य माइक्रोबस सरह भाडादरमा यातायात सञ्चालन गर्ने र पूर्ण रूपमा सञ्चालनमा आएपछि भाडादर परिमार्जन गरिनेछ। यात्रुले पानी, वाइफाइ तथा क्युआर भुक्तानको सुविधा पाउने उनले बताए।

विद्युतीय गाडीमा आवाज र गन्ध नआउने भएकाले यात्रुले डिजेल गाडीको जस्तो घ्यारघ्यार र गन्धखप्नु नपरेको यात्रु कृष्णप्रसाद धितालले बताए।

सम्बन्धित समाचारहरू

युनो मिन्डाले लन्च गर्‍यो भारतको पहिलो जीपीटी इनेबल्ड एन्ड्रोइड म्यूजिक सिस्टम

युनो मिन्डाले लन्च गर्‍यो भारतको पहिलो जीपीटी इनेबल्ड एन्ड्रोइड म्यूजिक सिस्टम

युनो मिन्डाले भारतको पहिलो जीपीटी इनेबल्ड कार म्युजिक सिस्टम डब्ल्यू...

कार इन्जिनको स्पार्क प्लग कहिले र कसरी परिवर्तन गर्ने? यी कुरामा ध्यान दिनुहोस्

कार इन्जिनको स्पार्क प्लग कहिले र कसरी परिवर्तन गर्ने? यी कुरामा ध्यान दिनुहोस्

स्पार्क प्लग गाडीको इन्जिनको महत्त्वपूर्ण भाग हो, जसले इन्धन र हावाको...

कार्बन फाइबरमा युरोपेली प्रतिबन्धको तयारी, अटो उद्योगमा ठूलो असर

कार्बन फाइबरमा युरोपेली प्रतिबन्धको तयारी, अटो उद्योगमा ठूलो असर

युरोपेली संघले स्क्र्याप गरिएका सवारीसाधनको लागि नयाँ नियम मस्यौदा गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...