बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – राष्ट्रिय स्तरको मोटर स्पोर्ट्स विकासमा अग्रसर धुलिखेलस्थित हिमालयन मोटरल्यान्डलाई अझै सुदृढ रुपमा व्यवस्थित गर्न कर्पोरेट मेम्बरको रुपमा नेपालको प्रतिष्ठत समूह सीजी होल्डिङ्स अन्तर्गतको नेपाल ल्युब आयल लिमिटेड अगाडि आएको छ ।
नेपाल ल्युब आयल लिमिटेडले नेपाल भर गल्फ लुब्रिकेन्टको बिक्री–वितरण गर्दै आइरहेको छ ।
अल्टिमेट हिमालयन मोटरल्यान्डले व्यवस्थापन सम्हालेको उक्त सर्किटले २०२१ को लागि राष्ट्रिय खेल यस अघि नै सार्वजनिक गरिसकेको छ ।
नेपाल आयल ल्युबका तर्फबाट सीजी होल्डिङ्सका कार्यकारी निर्देशक समेत रहेका करण चौधरीले आज एक कार्यक्रम बीच समझदारी पत्रमा हस्ताक्षर गर्दै हरेक अटोमोबाइल कम्पनीहरु यस प्रकारका काममा अग्रसर रहनु पर्ने कुरामा जोड दिए ।
उनले देशमा रहेका मोटर स्पोर्ट्स क्षेत्रका खेलाडीहरुको लागि आफू सधै अग्रपंक्तिमा रही सहयोग गर्ने बताउदै देशको नाम विश्व सामू चिनाउन मोटर स्पोर्ट्स क्षेत्रका खेलाडीहरु पनि सफल रहेको धारणा व्यक्त गरे ।
नेपालमा गल्फ लुव्रिकेन्टले हरेक प्रकारको मोटर स्पोर्ट्स सम्बन्धी खेलमा विगत लामो समय देखि साथ सहयोग दिदै आएकोमा धन्यवाद दिदै हिमालयन मोटरल्यान्डका अध्यक्ष अनिल बरालले मोटर स्पोर्ट्सको विकासमा चौधरी
ग्रुपको सहयोगको सधै उच्च मुल्यांकन हुनेमा आफू विश्वस्त रहेको बताए ।
नेपाल ल्युब आयलका महाप्रबन्धक गंगाराज भट्टराईले गल्फ लुब्रिकेन्ट अन्तर्राष्ट्रिय स्तरको लुव्रिकेन्ट रहेको र अन्तर्राष्ट्रिय स्तरमा मोटर स्पोर्ट्सका हरेक प्रकारका खेलका विकासमा अग्रपंक्तिमा रहेकोमा नेपालमा पनि साथ सहयोग गरि सधै अघि बढ्न पाएकोमा गर्व महसुस भएको बताए ।

कार्यक्रममा गल्फ लुव्रिकेन्टकै तर्फबाट सह महाप्रवन्धक दिवाकर मिश्रले नेपाल ल्युब आयललाई समस्त मोटर स्पोर्ट्सको विकासका लागि कर्पोरेट मेम्बर वन्ने अवसर प्रदान गरेकोमा हिमालयन मोटरल्यान्ड सर्किटप्रति कृतज्ञता प्रकट गरे ।
हिमालयन मोटरल्यान्ड सर्किटका तर्फबाट अध्यक्ष अनिल बरालको साथमा प्रवन्ध निर्देशक दिप्रश शाक्य तथा प्रमुख सल्लाहकारहरु आशिष लामिछाने तथा मधुसूदन सिग्देलको उपस्थिति रहेको थियो ।
सर्किटका सल्लाहकार समेत रहेका मधुसूदन सिग्देल लामो समय देखि मोटर स्पोर्ट्सको विकासमा लागि परेका युवा हुन् ।
कार्यक्रममा हिमालयन मोटरल्यान्डका प्रवन्ध निर्देशक दिप्रश शाक्यले आगामी दिनमा हुने मोटर स्पोर्ट्सको राष्ट्रिय खेलहरुको स्तर अन्तर्राष्ट्रिय स्तरको बनाउन मोटर स्पोर्टस एकेडमीको शुरुवात निकट भविष्यमा हुन लागेको बताए ।
सो अवसरमा नेपाल ल्युब आयलका मार्केटिङ तथा ब्रान्ड म्यानेजर रुपेश वाग्ले र समिप तिमिल्सिनाको समेत उपस्थिति थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...