पुराना गाडीसँग टियागो ईभी र पन्च ईभी साट्न सकिने
काठमाडौँ – यस वर्षको क्रिसमसका अवसरमा नेपालका लागि टाटा मोटर्सको...
काठमाडौं– चांगन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि अटोकर्पले सो ब्रान्डको नयाँ इलेक्ट्रिक कार नेपाल ल्याउने जनाएको छ । चीनको दोस्रो ठूलो र सबैभन्दा बढी अवार्ड जीत्न सफल ब्रान्ड चांगनको दीपल एस७ इलेक्ट्रिक एसयूभी नेपाल ल्याउन लागेको कम्पनीले जानकारी गराएको हो । सो एसयूभीलाई २०२४ को पहिलो क्वार्टरमा नेपाल ल्याउने तयारी भइरहेको कम्पनीद्धार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । सो नयाँ एसयूभीको बारेमा कम्पनीले अन्य जानकारी भने दिएको छैन ।
चीनमा यसै वर्षको जुनमा लन्च भएको सो एसयूभीलाई चांगन अटोले क्याटल र हुवावेसंग साँझेदारी गरेर निर्माण गरेको हो । ६६.८ र ७९.९७ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध यसमा रियर माउन्टेड पिएमएस मोटर जडान गरिएको छ । जुन १६० र १९० किलोवाट अप्सनमा उपलब्ध छ । यसको रेन्ज ५२० र ६२० किलोमिटर दावी गरिएको छ ।
सो एसयूभीको पिक टर्क ३२० एनएम रहेको छ भने गाडी स्टार्ट भएको ६.७ सेकेन्डमै यसले शून्यदेखी १०० किलोमिटर प्रतिघन्टाको गति पकड्न सक्छ । १०० किलोमिटर यात्रा गर्न १४.२ किलोवाट आवर पावर खपत हुने यसको टप स्पिड १८० किलोमिटर प्रतिघन्टा रहेको छ ।
सो एसयूभीको इन्टेरियरमा १५.६ इन्चको फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रिन, क्वालकम स्न्यापड्रयागन ८१५५ चीप र चालकसंगै अर्को सिटमा वस्ने यात्रुको मनोरन्जनका लागी १२.३ इन्चको स्मार्ट स्क्रिन लगायत फिचर दिइएको छ । चीनमा यसको मूल्य २० हजार ८०० देखी निर्धारण गरिएको छ ।
काठमाडौँ – यस वर्षको क्रिसमसका अवसरमा नेपालका लागि टाटा मोटर्सको...
काठमाडौं – लगातार ८ वर्षसम्म विश्वको नम्बर १ इलेक्ट्रिक दुईपांग्रे...
भियतनामी कार निर्माता कम्पनी ‘भिनफास्ट’ ले सन् २०२४ मा अघिल्लो वर्षको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...