७१० किलोमिटर रेन्ज दिने चांगनको नयाँ इलेक्ट्रिक कार सार्वजनिक

चिनीयाँ अटो निर्माता चांगनले नयाँ इलेक्ट्रिक सेडान क्यूवान ए–०७ सार्वजनिक गरेको छ । सो नयाँ इलेक्ट्रिक कारमा कम्पनीले ५८ र ८० किलोवाट आवर क्षमताको व्याट्री अप्सन दिएको छ । जसमध्ये ५८ किलोवाटले ५१५ र लङ रेन्जले ७१० किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको छ ।

सो नयाँ कारमा दिइएको पातलो एलइडी रनिङ लाइटको धर्सा, रिट्रयाक्टवेल डोर ह्यान्डल, ५ स्पोक ह्विलर र स्लोप रुफ लाइनले एक्सटेरियरलाई निकै आकर्षक र आधुनिक देखाएको छ । कारको लुक्स वीवाईडी हान, नीओ ईटी–७ र राइजिङ एफ–७ लगायत अन्य चिनीयाँ ब्रान्डका सेडानबाट प्रेरित भएको देख्न सकिन्छ ।

सो कारको इन्टेरियरमा डी आकारको टु स्पोक स्टेरिङ ह्विल, फेस आइडी सेन्सर, गीयर सिफ्टर र इन्स्ट्रयुमेन्ट क्लस्टरको सट्टा हेड–अप–डिस्प्ले दिइएको छ । साथै यसको सेन्टर कन्सोलमा १५ इन्चको फ्लोटिङ स्क्रिन र दुईवटा वायरलेस चार्र्जिङ प्याड लगायत फिचर उपलब्ध गराइएको छ भने कारको फ्रन्ट पिल्लर र रुफ माइक्रो फाइवरले कभर गरिएको छ ।

दुई वर्षपछि बजारमा आउने वताइएको सो नयाँ कारको मूल्य चीनमा २८ हजार डलर हाराहारी पर्ने अनुमान गरिएको छ ।चांगन नेपाली बजारमा समेत उपलब्ध रहेका कारण भाविष्यमा सो नयाँ कार नेपाल समेत भित्रिन सक्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

लन्च भएको एक घन्टामै १ हजार बढी बीवाईडी सील बिक्री

लन्च भएको एक घन्टामै १ हजार बढी बीवाईडी सील बिक्री

बीवाइडीले आज थाइल्यान्डमा आफ्नो लोकप्रिय इलेक्ट्रिक कार सील लन्च गरेको छ...

भक्तपुरको सल्लाघारीमा खुल्यो बीवाईडीको नयाँ शोरुम

भक्तपुरको सल्लाघारीमा खुल्यो बीवाईडीको नयाँ शोरुम

बीवाईडीले भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा...

नेपालकै सबैभन्दा सस्तो मध्ये एक इलेक्ट्रिक कार दीगो ई८ को नयाँ मूल्य सार्वजनिक

नेपालकै सबैभन्दा सस्तो मध्ये एक इलेक्ट्रिक कार दीगो ई८ को नयाँ मूल्य सार्वजनिक

काठमाडौं – नेपाली बजारमा दीगो ब्रान्डका इलेक्ट्रिक कार उपलब्ध गराइरहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...