काठमाडौं आयो लुमिन ईभी, परीक्षण हुँदै

केही दिन पहिले मात्र नेपालमा पनि बिक्री शुरु हुने घोषणा भएको चांगान लुमिन ईभी काठमाडौं आइपुगेको छ । नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि अटोकर्पले सो गाडी नेपाल ल्याएको हो ।

केही दिन पहिले यसको मूल्य समेत सार्वजनिक भइसकेको छ । यसको मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । भन्सार प्रयोजनका लागि सार्वजनिक गरिएको सो मूल्य भन्दा कम मूल्य कायम हुने अपेक्षा समेत भइरहेको छ ।

हाल यसको परीक्षण भइरहेको र केही समय पछि औपचारिक रुपमा लन्च हुने अपेक्षा गरिएको छ ।

चांगान लुमिन सिटी कारमा ३५ किलोवाटको मोटर छ । यसमा १७.६५ किलोवाट आवर र २८.०८ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री प्याक छ । दुई भेरिएन्टले क्रमशः २०५ र ३०१ किलोमिटर रेन्ज दिन्छ । यसले डीसी फास्ट चार्जर सपोर्ट गर्छ । यसलाई डीसी फास्ट चार्जरले ३५ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिन्छ । यद्यपि कुन भेरिएन्टको गाडी नेपाली बजारमा उपलब्ध हुने भनेर कम्पनीले सार्वजनिक गरेको छैन ।

यसमा १४ इन्चको ह्विल छ । यसको इन्टेरियरमा ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट स्क्रिन र १०.२५ इन्चको इन्फोटेनमेन्ट युनिट समेत छ । भ्वाइस असिस्टेन्ट र कलर इन्सर्टले यसको इन्टेरियरलाई अझै लभ्ली बनाएको छ ।

रेडियो, नेभिगेसन, स्मार्टफोन इन्टरफेस कनेक्टिभिटी र एडेप्टिभ क्रुज कन्ट्रोल लगायतका फिचर यसमा पाउन सकिन्छ ।

चीनमा सन् २०२२ मा पहिलो पटक सार्वजनिक भएको चांगान लुमिनमा मोडुलर ईपीए जिरो प्लेटफर्मको प्रयोग गरिएको छ ।

सम्बन्धित समाचारहरू

भारतीय ईभी सेगमेन्ट बिक्रीमा शीर्ष स्थानमा टाटा मोटर्स, दोस्रोमा एमजी हुँदा अन्य कुन ?

भारतीय ईभी सेगमेन्ट बिक्रीमा शीर्ष स्थानमा टाटा मोटर्स, दोस्रोमा एमजी हुँदा अन्य कुन ?

भारतीय बजारमा इलेक्ट्रिक गाडीको माग तीव्र रूपमा बढ्दै गइरहेको छ।...

टाटा नेक्सन ईभी अझै अपडेट भएर आउँदै, थप फिचरका साथ बढी रेन्ज दिने

टाटा नेक्सन ईभी अझै अपडेट भएर आउँदै, थप फिचरका साथ बढी रेन्ज दिने

भारतीय कार निर्माता कम्पनी टाटा मोटर्सले लोकप्रिय इलेक्ट्रिक कार नेक्सन...

बेनेलीले ल्यायो आर्टिफिसियल एक्जस्ट साउन्ड जेनेरेटर सहितको इलेक्ट्रिक स्कुटर डोङ

बेनेलीले ल्यायो आर्टिफिसियल एक्जस्ट साउन्ड जेनेरेटर सहितको इलेक्ट्रिक स्कुटर डोङ

धेरै प्रतिष्ठित बाइक निर्माता कम्पनीहरु इलेक्ट्रिक स्कुटर उत्पादनमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...