एमजीले ३ मिटर भन्दा सानो इलेक्ट्रिक कार लन्च गर्दै
एमजी मोटर्सले भारतीय बजारका लागि सस्तो इलेक्ट्रिक कार ई२३० सार्वजनिक...
काठमाडौं – कम मूल्यको कार नेपाली बजारमा भित्रिने क्रममा अब चांगानको लुमिन सिटी कार भित्रिने भएको छ । चांगानको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले यसको मूल्य समेत सार्वजनिक गरेको छ । यसको मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
यद्यपि कुन भेरिएन्टको गाडी नेपाली बजारमा उपलब्ध हुने भनेर कम्पनीले सार्वजनिक गरेको छैन । परीक्षणको लागि केही युनिट भन्सारमा आइसकेको कम्पनी स्रोतको भनाइ छ ।
चांगान लुमिन सिटी कारमा ३५ किलोवाटको मोटर छ । यसमा १७.६५ किलोवाट आवर र २८.०८ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री प्याक छ । दुई भेरिएन्टले क्रमशः २०५ र ३०१ किलोमिटर रेन्ज दिन्छ । यसले डीसी फास्ट चार्जर सपोर्ट गर्छ । यसलाई डीसी फास्ट चार्जरले ३५ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिन्छ ।
यसमा १४ इन्चको ह्विल छ । यसको इन्टेरियरमा ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट स्क्रिन र १०.२५ इन्चको इन्फोटेनमेन्ट युनिट समेत छ । भ्वाइस असिस्टेन्ट र कलर इन्सर्टले यसको इन्टेरियरलाई अझै लभ्ली बनाएको छ ।
रेडियो, नेभिगेसन, स्मार्टफोन इन्टरफेस कनेक्टिभिटी र एडेप्टिभ क्रुज कन्ट्रोल लगायतका फिचर यसमा पाउन सकिन्छ ।
चीनमा सन् २०२२ मा पहिलो पटक सार्वजनिक भएको चांगान लुमिनमा मोडुलर ईपीए जिरो प्लेटफर्मको प्रयोग गरिएको छ ।
एमजी मोटर्सले भारतीय बजारका लागि सस्तो इलेक्ट्रिक कार ई२३० सार्वजनिक...
पोखरा – नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु...
अस्ट्रेलियाको एक कम्पनीले विश्वको पहिलो उड्ने रेसिङ कार सार्वजनिक गरेको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...