वीरगन्जमा सार्वजनिक भयो प्रिमियम र स्मार्ट नामी ईभी : बिगह्याच विथ फाइभ स्टार लक्जरी
वीरगन्ज – नेपालमा डोङफेङ ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले मधेस...
चीनको घरेलु अटोमोबाइल बजारमा चांगानले एक नम्बरको बीवाईडीलाई पछ्याइरहेको छ । सन् २०२३ को तथ्यांकमा पहिलो नम्बरमा रहेको बीवाईडीलाई चांगान अटोमोबाइलले पछ्याइरहेको देखिन्छ ।
चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) का अनुसार सन् २०२३ मा बीवाईडीका २५ लाख ७१ हजार कार विक्री भएका थिए । बीवाईडी र चांगानबीच ठूलो अन्तराल देखिन्छ । तथापि नौ लाख ६२ हजार कार विक्री गरेको चांगान दोस्रो ठूलो चिनियाँ कार निर्माता बनेको छ ।
सीपीसीएका अनुसार सन् २०२३ मा चिनियाँ बजारमा दुई करोड १७ लाख नयाँ कार विक्री भएको थियो जुन अघिल्लो वर्षको तुलनामा ५.६ प्रतिशतले बढी हो । ईभी तथा पीएचईभीको प्रभावका कारण चिनियाँ कार बजार ५ प्रतिशतले वृद्धि भए पनि आईसीई कारको विक्री ६.१ प्रतिशतले घटेको छ । सन् २०२३ मा चीनमा ईभी र पीएचईभीको बजार ३६.५ प्रतिशतले बढेको हो । हाल चिनियाँ बजारमा ईभी र पीएचईभीको हिस्सा ३५.७ प्रतिशत रहेको छ ।
चांगान विगत दुई दशकदेखि चीनको टप ३ अटोमेकरका रुपमा रहँदै आएको थियो । पछिल्ला तीन वर्षमा चांगानको विक्री असाधारण रहेको छ । घरेलु मात्र होइन अन्तर्राष्ट्रिय बजारमा पनि चांगानको विक्रीमा बढोत्तरी हुँदै आएको छ । बलियो घरेलु माग र न्यु इनर्जी भेइकल (एनईभी) को सुरुवातका कारण यो सम्भव भएको थियो ।
सन् २०२२ मा चांगानले संसारभर २३ लाख ५० हजार गाडी विक्री गरेको थियो । यो वर्ष एनईभी विक्रीमा ४१.१ प्रतिशत इयर अन इयर वृद्धि गरेर तीन लाख ८१ हजार युनिट कार विक्री गरेको थियो । यो वर्ष चांगानका कारको निर्यात महसुस हुने गरी बढेको थियो ।
गएको वर्ष त चांगानको बिक्री २५ लाख ५३ हजार पुग्यो जुन अघिल्लो वर्षको तुलनामा ८.८ प्रतिशतले बढी हो । इलेक्ट्रिक भेइकलको विक्री चार लाख ७४ हजार युनिट पुग्यो जुन अघिल्लो वर्षको तुलनामा ७४.८ प्रतिशतले बढी हो ।
अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने चांगानको निर्णयले पनि उसको सफलतामा महत्वपूर्ण योगदान दिएको छ । उसले दक्षिणपूर्व एसिया र युरोपलाई आफ्नो गन्तव्य बनाएको छ । सन् २०२३ मा चांगानले थाइल्यान्डमा डेब्यु गरेको थियो जुन उसको मिसन अफ सांग्रिला र भास्ट ओसियन प्लान जस्ता नीतिमा आधारित थियो ।
नेपालमा चांगानको आधिकारिक विक्रेता रहेको एमएडब्लु वृद्धिले गत महिना दिपल एस०७ ईभी सार्वजनिक गरेको थियो । १५ भन्दा बढी नेपालमै पहिलो पटक प्रयोग भएको फिचर भएको दिपल एस०७ छोटो सबैभन्दा बढी खोजिएको ईभी बन्न सकेको कम्पनीको भनाइ छ ।
वीरगन्ज – नेपालमा डोङफेङ ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले मधेस...
लक्जरी स्पोट्र्स कार निर्माता फरारीले आगामी अक्टोबरमा आफ्नो पहिलो...
नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...