टीभीएस अपाचे आरआर ३१० को प्रतिस्पर्धामा आयो बीएमडब्ल्युको नयाँ बाइक
बीएमडब्ल्यु मोटरार्डले भारतीय बजारमा जी ३१० आरआर स्पोर्ट बाइक लन्च गरेको...
बजेटमा सरकारले २ सय सीसी माथिका मोटरसाइकलमा यसअघि लाग्दै आएको भन्सार र अन्तःशुल्कमा भारी मात्राले वृद्धि गरेको छ । यससँगै यो सेग्मेन्टका मोटरसाइकलको मूल्य समेत उच्च मात्राले बढ्ने देखिएको छ । २०१ देखि २५० सीसी सम्मका मोटरसाइकलमा २० प्रतिशतले अन्तःशुल्क र १० प्रतिशतले भन्सार बढाएको सरकाले २५१ देखि ५०० सीसीसम्मको हकमा भने भन्सार ४० प्रतिशत र अन्तःशुल्क १० प्रतिशतले वृद्धि गरेको छ ।
यति धेरै दरमा भन्सार र अन्तःशुल्क बढेपछि हाल बजारमा ३ सय भन्दा माथि सीसीका मोटरसाइकल मात्र बिक्री गर्दै आइरहेका ३ ब्रान्ड रोयल इन्फिल्ड, बीएमडब्लु र जावाको बजार थप चुनौतीपूर्ण हुने देखिएको छ । यी ब्रान्डको मोटरसाइकलमा ठूलो रकम वृद्धि हुने हुँदा बजारमा माग क्रमशः कम हुँदै जाने देखिन्छ । वार्षिक ८ हजार हाराहारी संख्यामा बिक्री हुँदै आइरहेको यो सेग्मेन्टको बजारमा बजेटले ठूलै चुनौती थपिएको सहजै अनुमान लगाउन गाह्रो हुँदैन ।
हाल बजारमा रोयल इन्फिल्डसँग ३४६ देखि ६५० सीसी सम्मका मोटरसाइकलमात्र उपलब्ध रहँदै आइरहेको छ । यी मोटरसाइकललाई यसअघिको डिलर एमभी दुगड समुहले ४ लाख ६७ हजारदेखि १२ लाख ५० हजार रुपैयाँसम्ममा बिक्री गर्दै आइरहेको थियो । दुगडलाई हटाएर नयाँ डिलरका रुपमा त्रिवेणी समुह अन्तर्गतको अल्फा अटोमोटिभ्स नियुक्त भएपनि यो कम्पनीले हालसम्म बिक्री प्रारम्भ गरेको छैन ।
यसैगरी जावा मोटरसाइकलको नेपालमा लागि आधिकारिक वितरक अग्नि मोटोइंक प्रालिले यसको तीनवटा मोडल जावा फोर्टी टु, क्लासिक र पेराक आयात गरी कारोबार गर्दै आइरहेको छ । यी मध्ये फोर्टी टु र क्लासिकमा २९३ सीसी क्षमताको इन्जिन जडान गरिएको छ भने पेराकमा ३३४ सीसी क्षमताको इन्जिन जडान भएको छ । यी मोटरसाइकलमो मूल्य ६ लाख ४८ हजार रुपैयाँदेखि ८ लाख २० हजार रुपैयाँसम्म कायम गरिएकोमा यसपछि ४० प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क वृद्धि हुँदा मूल्य भारी मात्रामा बढ्ने देखिन्छ ।
बीएमडब्लु बाइकको नेपालका लागि आधिकारिक वितरक हिमालयन मोटोरार्डले जी ३१० आर र जी ३१० जीएस गरी कुल दुईवटा मोडलका मोटरसाइकल आयात गरी कारोबार गर्दै आइरहेको छ । यी मोटरसाइकलमा ३१३ सीसी क्षमताको इन्जिन जडान गरिएको हुँदा यसमा पनि ४० प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क वृद्धि हुनेछ । यी मोटरसाइकलको मूल्य हाल ९ लाख ५० हजारदेखि १४ लाख ७५ हजार रुपैयाँसम्म तोकिएको छ ।
बीएमडब्ल्यु मोटरार्डले भारतीय बजारमा जी ३१० आरआर स्पोर्ट बाइक लन्च गरेको...
काठमाडौं– दक्षिण भारतीय सुपरस्टार अजित कुमार बाइक हाँक्दै नेपाल आइपुगेका...
सर्वसाधारणले चढ्ने मोटरसाइकलमा कर बढाइरहेको सरकारले यो पटक भने धनी वर्गले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...