नेपाल आउँदै अर्को चिनियाँ ईभी ब्रान्ड ‘स्मार्ट’, बिक्रेतामा सीजी मोटर्स नियुक्त

काठमाडौं– नेपाली अटो बजारमा अर्को नयाँ ईभी ब्रान्ड ‘स्मार्ट’ थप हुने भएको छ । होजोन मोटर्सको उत्पादन नेटा भीलाई भित्राएर अटोमोबाइल ब्यावसायमा इन्ट्रि गरेको सिजी मोटर्सले अर्को चिनियाँ ब्रान्ड स्मार्टका इलेक्ट्रिक कार नेपाल ल्याउन लागेको हो ।

स्मार्ट ब्रान्डका ईभीलाई नेपालमा बिक्रीवितरण गर्ने जिम्मेवारी सिजी मोटर्सले प्राप्त गरेको जानकारी दिँदै सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्बाण चौधरीले सामाजिक संजालमा फोटो पोष्ट गरेका छन् ।

स्मार्ट मोटर्सले चीनमा जर्मनीको मर्सिडिज बेन्ज ग्रुप र जिली होल्डिङसंग साझेदारी गरी विद्युतीय सवारी उत्पादन गर्दै आएको छ । कम्पनीले स्मार्टको पहिलो उत्पादनको रुपमा एक वर्षअघि ईलेक्ट्रिक क्रसओभर स्मार्ट–१ लाई बजारमा ल्याएको थियो ।

सीजी मोटर्सले सुरुवातमा सोही मोडललाई नेपाल ल्याउन सक्ने आँकलन गरिएको छ । जसको ब्याट्री प्याक ६२ किलोवाट आवर र रेन्ज ४४० किलोमिटर रहेको छ । स्मार्ट लक्जरी र प्रिमियम ईभी उत्पादनका कारण चीनमा लोकप्रिय वनिरहेको ब्रान्ड हो ।

सम्बन्धित समाचारहरू

बजेट प्रभाव : टेस्लाको एउटै कारको मूल्यमा ३१ लाख रुपैयाँले कमी

बजेट प्रभाव : टेस्लाको एउटै कारको मूल्यमा ३१ लाख रुपैयाँले कमी

काठमाडौं – बजेटमा घटाइएको करका कारण नेपाली बजारमा उपलब्ध टेस्लाका...

अष्ट्रेलियन एनक्यापको क्र्यास टेष्टमा बीवाइडी डल्फिनलाई ५ स्टार रेटिङ

अष्ट्रेलियन एनक्यापको क्र्यास टेष्टमा बीवाइडी डल्फिनलाई ५ स्टार रेटिङ

बीवाइडीको लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक डल्फिनले अष्ट्रेलियन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...