हिरो स्प्लेन्डरको इलेक्ट्रिक संस्करण आउँदै, २०२७ सम्म लन्च हुने
हिरो मोटोकर्पले आफ्नो इलेक्ट्रिक मोटरसाइकलको पोर्टफोलियो बढाउन काम...
काठमाडाैं - हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले अफरोड राइडिङ प्रेमीका लागि आयोजना गर्ने ‘एक्सट्रयाक’ इभेन्टको दोस्रो संस्करण यही जेठ ३१ गते पोखरामा हुने भएको छ ।
पहिलो संस्करण धुलिखेलस्थित ‘डर्ट टेम्पल’ मा सम्पन्न भएको यो इभेन्ट ३ सयभन्दा बढी राइडरहरूको सहभागितासहित अत्यन्त सफल भएको थियो ।
हिरो मोटोकर्प नेपालद्वारा आयोजित यस ‘एक्सट्रयाक’ इभेन्ट पोखराको महेन्द्र गुफा नजिक विशेष अफरोड ट्र्याकमा आयोजना गरिनेछ, जसमा सहभागीले हिरोको एडभेन्चर श्रेणी अन्तर्गतको एक्सपल्स २०० फोरभी र एक्सपल्स २०० फोरभी प्रो मोटरसाइकल ट्र्याकमा प्रत्यक्ष चलाएर आफ्नो अफरोड कौशल परीक्षण गर्न सक्नेछन् । अफरोड ट्रेनिङ, सेक्युरिटी मापदण्ड, र प्रोफेसनल मार्शलको निर्देशनसहित राइडिङ टिप्ससमेत प्रदान गरिनेछ ।
सुरक्षा सुनिश्चित गर्न सहभागीहरूले चालक अनुमति पत्र, सेफ्टी गियर अनिवार्य रुपमा ल्याउनु पर्नेछ । इच्छुक राइडरहरूले हिरो मोटोकर्प नेपालको सोसियल मिडिया पेजमार्फत निःशुल्क रजिस्ट्रेसन गर्न सक्नेछन् । सहभागी अनुभवी राइडरहरूलाई कम्पनीको तर्फबाट मोटरसाइकल र एक्सपल्स ब्राण्डको लिमिटेड एडिसन जर्सी निःशुल्क प्रदान गरिने छ ।
कम्पनीका अनुसार कार्यक्रमको मूल उद्देश्य नेपाली युवा पुस्तामा मोटरसाइकल संस्कृतिको प्रवद्र्धन गर्नुका साथै हिरो मोटोकर्पद्वारा नेपाली बजारमा उपलब्ध प्रविधियुक्त आधुनिक बाइकहरूको प्रत्यक्ष अनुभव प्रदान गर्नु हो । सीजी हिरो मोटोकर्पले नेपालमा ‘राइड फर एडभेन्चर’ अभियानलाई नयाँ स्तरमा लैजान ‘एक्सट्रयाक’लाई निरन्तरता दिने बताएको छ ।
इभेन्ट शनिबार बिहान १० बजे सुरु हुनेछ । अफरोड राइडिङ अनुभव खोजिरहेका राइडरका लागि यो इभेन्ट स्मरणीय बन्ने अपेक्षा गरिएको छ ।
हिरो मोटोकर्पले आफ्नो इलेक्ट्रिक मोटरसाइकलको पोर्टफोलियो बढाउन काम...
नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाचल प्रदेशको चाम्बामा आयोजित...
हिरो मोटोकर्पको बहुप्रतीक्षित ४४० सीसीको बाइक ल्याउने भएको छ र यसको नाम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...