एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’, नाडा अटो शोमा सार्वजनिक हुने
काठमाडौँ – लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर...
काठमाडौं - नेपालका लागि सिएफमोटो र जिहो ब्रान्डको आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले दुवै ब्रान्डका लागि चाडपर्व अफर सार्वजनिक गरेको छ । दशै, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा ल्याइएको सो अफर अन्तर्गत दुवै ब्रान्डका बाइक तथा स्कुटर किन्ने ग्राहकले आकर्षक छुट र थप सुविधा प्राप्त गर्नेछन् ।
सिएफमोटोका २५० एनके र ३०० एनके मोडलका बाइक किन्दा १८ हजार मूल्य बराबरको फ्रि एसेसरिज पाउन सकिने छ । त्यसैगरी हालै नेपाली बजारमा भित्रिएको ४५० एमटी बाइक किन्दा एलएस२ हेल्मेट पाउन सकिने छ ।
जिहो ब्रान्डको एई६ प्लस इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार रुपैयाँ मूल्यको लगेज बक्स लिन वा सिधै २० हजार रुपैयाँ छुट प्राप्त गर्न सकिने छ ।
त्यसैगरी एई४ मा १५ हजार र एई८ मा १० हजार रुपैयाँ नगद छुट पाउन सकिने छ ।
यसका साथै विभिन्न मोडलका पुराना जुनसुकै बाइक वा स्कुटरसँग नयाँ सिएफमोटो वा जिहो ब्रान्डका बाइक वा स्कुटर साट्न समेत सकिने छ । यसका लागि सहज फाइनान्स तथा एक्सचेन्ज सुविधा समेत उपलब्ध भएको कम्पनीको भनाइ छ ।
यो अफर असोज १ देखि लागू भएको छ र आगामी कात्तिक २५ गते सम्म उपलब्ध हुनेछ । ऋषि ट्रेड सेन्टरका शोरुमबाट बाइक वा स्कुटर लिदा यो अफर प्राप्त गर्न सकिने छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...