ट्रायम्फको ४०० सीसी बाइक स्पिड टी४ भारतमा लन्च
ट्रायम्फ मोटर्स इन्डियाले आफ्नो तेस्रो ४०० सीसी इलेक्ट्रिक बाइक स्पिड टी४...
नेपाली बजारमा राम्रो प्रतिक्रिया पाइरहेको सीएफ मोटो ब्रान्ड भारतमा पुनःप्रवेश गर्ने भएको छ । सन् २०१९ मा केही समय मात्र बिक्री भएको सो बाइकको बिक्री बन्द भए पश्चात अब फेरि बिक्री शुरु हुने भएको हो ।
भारतमा लागू भएको बीएस६ नियम अनुसार सो बाइकको बिक्री बन्द भएको थियो । भारतको हैदराबादस्थित एएमडब्लू मोटरसाइकलको माध्यमबाट यसको बिक्री भएको थियो । अब भने कम्पनीले नयाँ तरिकाले यसको बिक्री शुरु गर्ने भएको छ ।
यही वर्षको मध्य देखि यसको बिक्री सुरु हुने अनुमान गरिएको छ । ग्लोबल बजारमा धुम मचाइरहेको सीएफ मोटो ब्रान्ड नेपालमा भने उपलब्ध छ । नेपालमा रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले यसको बिक्री–वितरण गरिरहेको छ ।
नेपालमा राम्रो चर्चा पाइरहेको सीएफ मोटो ४५० एमटी एड्भेन्चर बाइक भारतमा लन्च हुने बताइएको छ । यसमा प्यारालल ट्विन इन्जिन रहेको छ । यसमा ह्विल सेटअप, २०० एमएमको सस्पेन्सन ट्राभल र ८०० एमएमको सिट हाइट सहित प्रभावशाली अफरोड क्षमता छ ।
त्यसैगरी ६७५ सीसी इन–लाइन थ्री सिलिन्डर इन्जिनयक्त बाइक समेत भारतीय बजारमा उपलब्ध हुने अनुमान पनि मिडियाहरुले गरेका छन् । यसमा स्ट्रिट नेकेड र सुपरस्पोर्ट बाइकका रेन्ज छन् ।
भारतमा यो बाइक लन्च भएमा रोयल इन्फिल्डका मोटरसाइकलसँग विशेष प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ ।
ट्रायम्फ मोटर्स इन्डियाले आफ्नो तेस्रो ४०० सीसी इलेक्ट्रिक बाइक स्पिड टी४...
काठमाडौं – नेपालका लागि इटालीको प्रिमियम मोटरसाइकल ब्रान्ड...
काठमाडौं–प्रिमियम मोटरसाइकल ब्रान्ड सिएफमोटोले तिहार तथा छठ पर्बलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...