ट्रायम्फ स्क्र्याम्बलर ४०० को मूल्यमा वृद्धि, अब कति ?
काठमाडौं । नेपाली बजारमा उपलब्ध ट्रायम्फ ब्रान्डका दुई मोडल मध्ये एउटा...
काठमाडौं – नेपालमा दुईपाङ्ग्रे सेग्मेन्टमा नयाँ उत्साह थप्दै सीएफमोटोले आफ्नो बहुप्रतिक्षित सीएफमोटो २५० डुअल ईएफआई मोटरसाइकल गत फागुन २८ गते औपचारिक रूपमा सार्वजनिक गरेको थियो । नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नेपाली राइडरहरूको आवश्यकता र सडक अवस्थालाई ध्यानमा राख्दै यो डुअल पर्पोज बाइक बजारमा ल्याएको जनाएको छ।
लन्च भएको छोटो अवधिमै सीएफमोटो २५० डुअल ईएफआईले उल्लेखनीय व्यापारिक सफलता हासिल गरेको छ। कम्पनीका अनुसार, सार्वजनिक भएको मितिदेखि हालसम्म ६० भन्दा बढी युनिट बिक्री भइसकेका छन्। ग्राहकबाट प्राप्त प्रतिक्रिया अत्यन्त सकारात्मक रहेको र अपेक्षा भन्दा राम्रो प्रदर्शन देखिएको कम्पनीले जनाएको छ।
नेपालमा डुअल पर्पोज सेग्मेन्ट विस्तार हुँदै गएको अवस्थामा, सीएफमोटो २५० डुअल ईएफआईले आफ्नो पावर, पर्फर्मेन्स र मूल्यका कारण छुट्टै पहिचान बनाउन सफल भएको छ। यस सेग्मेन्टमा हिरो र यामाहा लगायतका अन्य मोडलहरु प्रतिस्पर्धामा रहे पनि, सीएफमोटोले उपलब्ध गराएको विशेषता र प्रतिस्पर्धात्मक मूल्यले यसलाई अझ आकर्षक विकल्प बनाएको छ।
विशेषगरी नेपाली भूगोल - अफरोड र अनरोड दुवै अवस्थाका लागि उपयुक्त डिजाइन गरिएको यो बाइकले दैनिक प्रयोगदेखि एड्भेन्चर राइडसम्म सहज अनुभव दिने कम्पनीको दाबी छ। आधुनिक ईएफआई टेक्नोलोजी, मजबुत निर्माण र सन्तुलित पर्फर्मेन्सका कारण यो बाइकले छोटो समयमै राइडरहरूको ध्यान आकर्षित गर्न सफल भएको हो।
कम्पनीले वर्तमान मूल्य संरचना बजारको हिसाबले अत्यन्त प्रतिस्पर्धात्मक र “भ्याल्यु फर मनी” रहेको उल्लेख गर्दै आगामी दिनमा अझ बढी ग्राहकको विश्वास जित्ने विश्वास व्यक्त गरेको छ।
काठमाडौं । नेपाली बजारमा उपलब्ध ट्रायम्फ ब्रान्डका दुई मोडल मध्ये एउटा...
आरएस ४५७ को लन्च पछि अप्रिलियाले भारतीय बजारमा अप्रिलिया टुआरेग ६६० बाइक...
बाइक चलाउँदा धेरै कुरामा ध्यान दिनुपर्छ । सही गति कायम राख्नुका साथसाथै,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...