सुरक्षा चेतावनीलाई चुनौती दिँदै बाढीग्रस्त क्षेत्रमा राहत बोकेर पुगे बीवाईडीका गाडी
काठमाडौं–चीनको गुआङ्सी क्षेत्रमा टाइफुन मेसाकका कारण आएको विनाशकारी...
काठमाडौँ–सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ मोटरसाइकल लन्च गरेको छ । कम्पनीले विहिबार एक कार्यक्रममाझ सिएफमोटो २५० डुअल इएफआई मोटरसाइकल सार्बजनिक गरेको हो ।
कार्यक्रममा मोटरसाइकल पारखी, चर्चित बाइकर, सामाजिक सञ्जालका इन्फ्लुएन्सर, सञ्चारकर्मी तथा सीएफमोटोको अन्तर्राष्ट्रिय टोलीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी अन्तर्राष्ट्रिय प्रतिनिधिको उपस्थितिले नेपाली बजारप्रति कम्पनीको प्रतिबद्धता झल्किएको पनि बताइएको छ ।
कम्पनीका प्रतिनिधिहरूले नेपालका विभिन्न सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर तयार गरिएको यो मोटरसाइकलले प्रदर्शन, टिकाउपन र बहुउपयोगिताको सन्तुलन प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
यो मोटरसाइकल सामान्य सडक तथा अफरोड दुवै यात्राका लागि उपयुक्त हुने गरी परम्परागत सीमाभन्दा बाहिर साहसिक यात्रा खोज्ने राइडरलाई लक्षित गरेर तयार पारिएको कम्पनी दाबी छ ।
२४९ सीसी क्षमताको सिंगल सिलिन्डर, फ्युल इन्जेक्सन इन्जिन जडान गरिएको यस मोटरसाइकलले राम्रो शक्ति र इन्धन दक्षता प्रदान गर्नुका साथै थ्रोटल प्रतिक्रिया सहज हुने बताइएको छ ।
मोटरसाइकलमा सहरका सडकदेखि अफरोडसम्म सहज रूपमा चलाउन सकिने ’डुअल पर्पोज’ डिजाइन रहेको छ । २४५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएकाले नेपालका विभिन्न सडक अवस्थाका लागि उपयुक्त मानिएको छ । यसमा डिस्क ब्रेक र उन्नत ब्रेक प्रणाली जडान गरिएको छ, जसले सवारी सुरक्षामा सहयोग पु¥याउने बताइएको छ । हल्का तर बलियो फ्रेमले मोटरसाइकललाई चुस्त र टिकाउ बनाएको छ ।
सीएफमोटो २५० डुअल ईएफआईको प्रारम्भिक मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो मोटरसाइकल पोलार ह्वाइट, लाइम ग्रीन र टुन्ड्रा ग्रे गरी तीन रङमा उपलब्ध हुनेछ ।
सीएफमोटो विश्वभर चिनिएको मोटरसाइकल निर्माता कम्पनी हो । कम्पनीले उच्च प्रदर्शन क्षमताका मोटरसाइकल, कृषि प्रयोजनका चार पांग्रे सवारी तथा पावर स्पोट्र्स सवारी साधन उत्पादन गर्दै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...