बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – विश्वभर २ सय युनिट मात्र उत्पादन गरिएको सीएफमोटो २५० एनकेको लिमिटेड एडिसन नेपाली बजारमा समेत उपलब्ध भएको छ । नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक अन्ना इन्टरनेसनल प्रालिले सो बाइक बिक्रीका लागि उपलब्ध गराएको हो ।
सीएफमोटो मोटरसाइकलको ३० औं वार्षिकोत्सवको अवसरमा सो लिमिटेड एडिसन बाइक सार्वजनिक गरिएको हो । यसलाई नयाँ ग्राफिक्समा डिजाइन गरिएको छ भने इन्धन ट्यांकीमा सीएफमोटो प्रिन्ट गरिएको छ ।
यसको ह्यान्डलबारमा लिमिटेड एडिसनको १ देखि २०० सम्म नम्बर नै लेखिएको हुन्छ । यसमा गोल्डेन कलरको चेन, कार्वन विन्डसिल्ड, एलईडी डीआरएल हेडलाइट र एल्लो कलरको ह्विल प्रयोग गरिएको छ । बाइकमा कलर टीएफटी डिस्प्ले, इन–बिल्ट लाइट सेन्सर, स्टाइलिस एलईडी लाइट, ड्युअल च्यानल एबीएस र विभिन्न प्रकारका राइडिङ मोड उपलब्ध छन् ।
सीएफ मोटो २५० एनके जस्तै अन्य सबै फिचर यसमा उपलब्ध छन् । मेकानिकल परिवर्तन केही गरिएको छैन ।
सीएफ मोटो २५० एनकेमा २५० सीसी सिंगल सिलिन्डर, ४ भल्व लिक्विडकुल्ड इन्जिन जडान गरिएको छ । जसले ९००० आरपीएममा २६।५ बीएचपी र ७५०० आरपीएममा २२ एनएमको पिक टर्क जेनेरेट गर्छ ।
लिमिटेड एडिसन सीएफ मोटो २५० एनकेको मूल्य ५ लाख ५५ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...