नेपाल भित्रियो सीएफ मोटोको ईभी सब–ब्रान्ड जिहोको इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य
काठमाडौं – नेपाली बजारमा नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘जिहो’ भित्रिएको...
सिएफ मोटोले उत्पादन गरेको इलेक्ट्रिक स्कुटर जिहो एई८ नेपाल आइपुगेको छ । यो नयाँ स्कुटरलाई सिएफ मोटोको आधिकारिक विक्रेता अन्ना इन्टरनेश्नलले नयाँ कम्पनी रिलायन्स ग्रुपसंगको सहकार्यमा नेपाल ल्याएको हो । नेपाल आएसंगै यसको वुकिङ समेत खुल्ला गरिएको छ । स्कुटरको मूल्य ४ लाख ९० हजार तोकिएको छ ।
जिहो एई८ एक म्याक्सी स्टाइलको इलेक्ट्रिक स्कुटर हो जुन मोटरसाइकल निर्माणका लागि विकसित गरिएको हाई रिजिड फ्रेममा आधारित छ । सो इलेक्ट्रिक स्कुटरको फ्रन्ट फेसिया ‘मेक–फेस’ डिजाइनको छ र यसमा भी आकारको एलईडी हेडलाइट छ भने यसको बडी सेमी–क्रसबाउ डिजाइनमा आधारित छ ।
स्कुटरमा २९ भोल्ट ३२ एम्पियर आवरको डुअल व्याट्री प्याक र ५ किलोवाट क्षमताको लिक्वीड कुल्ड मोटर दिइएको छ । जसको पिक पावर १२.५ किलोवाट र टर्क २१८ एनएम रहेको छ । स्कुटरलाई एकपटक फूल चार्ज गरेपछि १४० देखी १६० किलोमिटर सम्मको रेन्ज पाउन सकिने दावी गरिएको छ ।
यसलाई १०० किलोमिटर प्रतिघन्टाको टप स्पिडमा गुडाउन सकिन्छ । फास्ट चार्जिङको समेत सुविधा रहेको यो स्कुटरलाई सामान्य घरयासी प्लगबाट फुल चार्ज गर्न भने ६ घन्टासम्मको समय लाग्नेछ ।
यसमा डबल च्यानल एबीससहितको डिस्क ब्रेक, विएएमएस टेक्नोलोजी, ३६० डिग्री एन्टिथेप्ट प्रोटेक्सन, आइपी ६७ प्रोटेक्सन, ५ इन्चको एलसीडी टिएफटी डिस्प्ले, एडप्टीभ हेडल्याम्प, डिस्र्टबेन्स अर्लाम, एन्टि थेफ्ट अर्लाम, स्मार्ट कनेक्ट जस्ता फिचर उपलब्ध छन् ।
स्कुटरलाई तीन वटा फरक राइड मोडमा चलाउन सकिन्छ । यसको ग्राउन्ड क्लिरियन्स भने जम्मा १४५ एमएम रहेको छ ।
काठमाडौं – नेपाली बजारमा नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘जिहो’ भित्रिएको...
नेपाली बजारमा लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको बज्र...
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा अन्य स्टल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...