बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं–नेपाल, भारत र चीनका राइडरले सीएफ मोटोको चर्चित एड्भेन्चर मोटरसाइकल ४५० एमटीमा अपर मुस्ताङसम्म यात्रा गर्ने भएका छन् । सीएफ मोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले बैशाख २५ देखी ३० गतेसम्म राइड आयोजना गर्न लागेको हो ।
एभरेष्ट राइड नेपालसंगको सहकार्यमा आयोजना हुने उक्त यात्राको दौरान राइडरले हरेक दिन २०० किलोमिटर यात्रा गर्नेछन् । सीएफ मोटोको प्रिमियम एड्भेन्चर मोटरसाइकल ४५० एमटी मा १ हजार किलोमिटर बढि यात्रा गरेर राइडरहरु काठमाडौं फर्किएपछि उक्त राइड समापन हुनेछ ।
काठमाडौंबाट सुरु हुने सो राइड पोखरा हुँदै मुक्तिनाथ, लो मान्थाङ र कोरला बोर्डरसम्म पुग्ने जनाइएको छ । राइड एड्भेन्चर र फनले भरिपूर्ण हुने आयोजक कम्पनी ऋषि ट्रेड सेन्टरका महाप्रबन्धक उज्वल जोशीको भनाई छ । ‘यो राइडले नेपालको टु–ह्विलर टुरिजमलाई अन्तराष्ट्र्रिय बजारमा समेत परिचित गराउनेछ । साथै, नेपालको संस्कृति र हेरिटेजको प्रचारसमेत हुनेछ’ जोशीले भने ।
बिभिन्न देशका राइडरमाझ भाइचाराको सम्वन्ध स्थापित गरी देशको संस्कृति र हेरिटेजलाई अन्तराष्ट्र्रिय स्तरमा प्रचार गर्न राइड आयोजना गरिएको हो । यस राइडले सिएफ मोटो ४५० एमटीको असली पर्फमेन्सलाई समेत पुष्टि गर्ने विश्वास कम्पनीले लिएको छ ।
यस्तो छ मोटरसाइकल
सीएफ मोटो एमटी ४५० मा ४४९.५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ४४ एचपी पावर र ४४ एनएम टर्क जेनेरेट गर्छ । सीएफमोटोले ४५० एमटीलाई सुरक्षा र सुविधाका उत्कृष्ट सुविधाहरूले सुसज्जित गरेको छ । बाइकमा पूर्ण रूपमा डिजिटल ६ इन्च फराकिलो टीएफटी डिस्प्ले छ । मोटरसाइकलमा आकर्षक डिजाइन र कार्यक्षमताको उत्कृष्ट संयोजन रहेको छ ।
यसमा बोस ट्रयाक्सन कन्ट्रोल सिस्टम, फोल्डेबल रियर–भ्यू मिरर्स, एडजस्ट गर्न मिल्ने विन्डशिल्ड र केवाईबी सस्पेन्सन रहेको छ । बाइकमा एर्गोनोमिकली डिजाइन गरिएको सिट छ । बाइकको विन्डस्क्रिनले हावाको प्रतिरोध घटाएर लामो यात्रामा थकान निकै नै कम गर्छ । १७ लिटरको ठूलो फ्युल ट्यांकले रिफ्युलिङ बिना नै लामो दूरी यात्रा गर्न सम्भव बनाउँछ ।
बाइकको २२० एमएम ग्राउन्ड क्लियरेन्सका साथै फ्रन्ट टायरको टेलिस्कोपिक फोर्क र पछाडिको टायरको मोनोशकले जस्तोसुकै भूभागमा पनि आरामदायी यात्रा सुनिश्चित गर्छ । एड्भेन्चर सेग्मेन्टमा सबैभन्दा पावरफुल मानिने यस मोटरसाइकलको मुल्य १२ लाख ५० हजार रुपैयाँ पर्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...